बर्दियामा विद्युत प्राधिकरणको गाडीले ठक्कर दिदाँ बालकको मृत्यु
बिहिबार, जेठ १२, २०७९ मा प्रकाशित

बर्दिया, जेठ १२(फरकसमाचार)/ नेपाल विद्युत प्राधिकरण गुलरिया वितरण केन्द्रको गाडीले ठक्करबाट एक बालकको मृत्यु भएको छ । गुलरिया नगरपालिका–११ ढल्लापुर स्थित विद्युतको गाडीले ठक्कर दिदा ११ वर्षिय लवकुश यादवको घटनास्थलमै मृत्यु भएको हो ।

विद्युत प्राधिकरण गुलरिया वितरण केन्द्रको गाडीले ठक्कर दिदा बालकको मृत्यु भएको प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर शाहीले जानकारी दिए ।

बालकको शव घटनास्थलमै रहेको स्थानीय पप्पु यादवले बताए । ‘घटनास्थलमा स्थानीय आन्दोलित भएका छन्’ यादवले भने,‘स्थानीयले गुलरिया नेपालगंज सडक खण्ड आवरुद्ध गरेका छन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर