जेठ १३ / एकीकृत समाजवादीका" />
काठमाडौंका मेयर बालेन साहसँग सहकार्य गर्न तयार छुः माधव नेपाल
शुक्रबार, जेठ १३, २०७९ मा प्रकाशित

काठमाडौं, जेठ १३ / एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौं महानगरपालिकालाई उत्कृष्ट सहर बनाउनेलगायतका विषयमा नवनिर्वाचित मेयर बालेन साहसँग सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले लोकप्रिय मतसहित काठमाडौंको मेयरमा निर्वाचित साहलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि दिएका छन् ।

‘यहाँले सार्वजनिक रूपमा प्रतिबद्धता गरेअनुरूप काठमाडौंलाई उत्कृष्ट सहर बनाउनेलगायतका सबै असल कार्यमा सहयोग एवं सहकार्य गर्न हाम्रो पार्टी सदैब तत्पर रहेको छ,’ नेपालले जारी गरेको सन्देशमा भनिएको छ ।

नेता नेपालले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित उपप्रमुख, वडाध्यक्षहरू तथा सम्पूर्ण जनप्रतिनिधिहरूलाई समेत बधाई तथा शुभकामना दिएका छन् ।रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय