अत्याधिक गर्मी बढेपछि पाँच दिन गर्मि विदा
शुक्रबार, जेठ २७, २०७९ मा प्रकाशित

बर्दिया, जेठ २७ (फरकसमाचार) / अत्याधिक गर्मी बढेपछि गुलरिया नगरपालिकाले सम्पुर्ण विद्यालयलाई आज देखि पाँच दिन गर्मि बिदा दिएको छ । केही दिनदेखि ह्वात्तै गर्मी बढेपछि जेठ २७ गतेदेखि जेठ ३१ गतेसम्म सम्पुर्ण विद्यालयलाई गर्मि बिदा दिएको हो ।

गर्मी बढ्नुका साथै तातो हावा (लू) चलिरहेको छ । अत्याधिक गर्मिको कारण विद्यालय संचालन गर्न कठिनाई भएपछि शिक्षा नियमावली २०५९(संशोधन सहित) को नियम ८५ को उपनियम (३) अनुसार विद्यालयले दिने बिदाबाट मिलान गर्ने गरी सबै विद्यालय बिदा गरिएको गुलरिया नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले सुचना प्रकाशित गरी जनाएको छ ।

गुलरिया नगरपालिका नगर प्रमुख स्तरीय निर्णयानुसार जेठ २७ गते देखि जेठ ३१ गतेसम्म ५ दिन गर्मि बिदा दिईएको सुचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय