बैदेशिक रोजगारीको पिडा : छोरी घर फर्किने खबरले राना परिवारमा खुसीयाली
शुक्रबार, जेठ २७, २०७९ मा प्रकाशित

बर्दिया,जेठ २७ (फरकसमाचार) / रोजगारीका लागि बिदेशिन पर्ने बाध्यतासँगै दुई महिना अघि कुबेत पुगेकि बढैयातालकि बेलमति रानाको गहभरिका आँसु दिल्लीबाट हवाईजहाज चढेपछि थामिएनन । बेलमतिसँगै गाउँ र घरमा समेत महिनौ दिनसम्म चिन्ताको कालो बादल मडारियो । झुक्काएर भारतको बाटो कुवेत पुगाएको खबरले भोक न प्यास हुदाँ राना परिवारको दुःख साट्न छर छिमेक पुगेपनि बेलमतिको दुःख कुबेतमा काल कोठरीमा बल्झदै थियो ।

कुबेतमा आफु बेचिएको खबर पाउँदा बिरामी अवस्थाकि बेलमतिको अवस्था झन पछि झन नाजुक हुदै गयो । टाउँको दुख्ने समस्या ग्रस्त हुँदा कुबेतमा बिक्रि नभएकि उनलाई दिन रात दिने मानसिक यातना सहि नसक्नु थियो । एउटा काल कोठरीमा दिन रात काटिरहेकि उनले सामाजिक संजालमार्फत घरमा बन्धक भएको खबर गरेपछि बिपन्न बर्गका परिवारमा झन पिडाको बोझ थपियो । बेलमति बन्धक बनेको खबर आगो सरी सल्किएपछि सहयोगी हातको अग्रसरताले कुबेतमा रहेकि बेलमति नेपाल एमबिसिले सम्र्पक आएपछि घर फर्कने आशाको त्यान्द्रोले खुसी ल्याएको छ ।

बर्दिया सक्रिय रुपमा कार्यरत संस्था आप्रवाशी महिला कामदार संस्था लगायत प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोला, प्रहरी उपरीक्षक बिरेन्द्र बहादुुर शाहीको अग्रसरताले खाडी मुलुक पुगेकि बेलमति घर फर्कने थालेकि छन् । बेलमतिको बुवा नर बहादुर घर्ती मगर छोरीका उद्धारको पहलका लागि प्रमुख जिल्ला अधिकारी वास्तोलाल मार्फत बैदेशिक रोजगार विभाग, मानव बेचबिखन, एमबेसीमा उजुरी दर्ता गरेको दुई साता भित्र खुसीको सुनिएको छ ।

ललाई फकाई र प्रलोभनमा पारेका दौलत रानालाई प्रहरीले नियन्त्रण लिएपछि पछिल्लो समय मानव वेचबिखनमा संलग्न गिरोह निरुत्साहित हुने विश्वास पिडित परिवारले लिएको छ । खाडी मुलुकमा काल कोठरीमा बन्धक भएकि बेलमतिको उद्धार भएको खबर खुसीयाली छाएको आमकासकि अध्यक्ष संगिता महतराले बताईन । ‘एक छोरा कुमार र छोरी रमिताको पालन पोषण गर्ने लोभनमा कुबेत पुगेकि बेलमति फर्किदैछन्’ उनले भनिन् ‘न्याय खोज्दै पिडित परिवार सरोकारवाला निकायको ढोका घचघचाएपछि सम्भव भएको हो ।’ उनका अनुसार बिहिबार बेलमति कुबेतबाट नेपालका लागि उडदैछन् ।

आमकासकि जिल्ला अध्यक्ष महतराले पिडित बेलमतिलाई काउन्सिलिङ गरेर सामान्य अवस्था ल्याउँनका लागि काठमाडौं जादैछन् । ‘दलालको चंगुलमा फसेर महिला बिदेशमा बेचिएका छन्’ उनले भनिन् ‘खुला सीमाका कारण महिला यस्तो जोखिममा परिरहेका छन् ।’ समयमा महिलाको उद्धार गरेकाले प्रमुख जिल्ला अधिकारी र प्रहरी पहल कदमि सह्रानिय रहेको उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय