जताततै बाघको त्रासः‘एउटा हिउँदले जाडो जादैन’
शनिबार, जेठ २८, २०७९ मा प्रकाशित

 

रमेश थापा
पूर्व वार्डैन

यतिबेला कंक्रिटको पिंजडामा छटपटाउँदै होला खाताबाट समातेर ल्याएको बाघ

यहि २३ जेष्ठ २०७९ का दिन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभागले बर्दियाको ठाकुरद्वारामा मध्यवर्ती क्षेत्र सम्बन्धि बिद्यमान कानूनी व्यवस्थाका कारण स्थानीय स्तरमा के कस्ता समस्या रहेका छन र कानूनमा कस्तो व्यवस्था भएमा निकुञ्ज / आरक्ष, मध्यवर्ती क्षेत्र र स्थानीय सरकार बीच समन्वय र सहकार्यमा प्रभावकारीता आउछ भन्ने बिषयमा सरोकारवालाहरु बीच छलफल कार्यक्रमको आयोजना गरेको थियो । नेपालमा मध्यवर्ती क्षेत्रको अवधारणाका सृजनाकार डा. उदयराज शर्माको नेतृत्वमा आएको बिज्ञ टोलीले आफ्नो अवधारणा प्रस्तुत गर्दै सहभागिहरु खासगरीकन नवनिर्वाचित र निवर्तमान जनप्रतिनिधिहरुको राय संकलन गरेको थियो । कार्यक्रम समापन पश्च्यात बिज्ञ टोली फर्किने क्रममा केहिबेर निकुञ्जको गोलघरमा बसि समसामयिक बिषयमा छलफल भैरहेको थियो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णु श्रेष्ठ अलि तनाब मुद्रामा पालै पालो दुइवटा फोनमा कुरा गरिरहनु भएको थियो । बिषय थाहा नभए पनि वहाँको छटपटि देख्दा बिषयको गाम्भिर्यता अनुमान गर्न सकिन्थ्यो । केहि बेरपछि वहाँ गोलघरबाट बाहिर निस्केर चर्को घाममा उभिएर फोनमा कुरा गर्न थाल्नु भयो । बिज्ञ टोलीलाई बिदाइ गरेपछि वहाँले मसंग “आज एकैचोटी कैलालीको घोडाघोडी र खाताको सोनाहामा घटना घटेछ, हाम्रो टोली कैलाली हिंडिसकेपछि खाताबाट खबर आयो त्यहि भएर खटनपटनको तारतम्य मिलाएन ब्यस्त हुनुपरेको” कुरा बताउनु भयो । कैलालीको घोडाघोडीमा गोली हानिएको जस्तो देखिने घाउ भएको चितुवा सख्त घाइते अवस्थामा फेला परेकोले त्यो चितुवाको उद्धार गर्न निकुञ्जको टोली त्यसतर्फ गएको रहेछ । केहि बेरपछि खातामा बाघ आक्रमणबाट महिला घाइते भएको भन्ने खबर प्राप्त भएको रहेछ । वहाँले तुरुन्तै निकुञ्ज कर्मचारी र सुरक्षाकर्मीको टोलीलाई खाता पठाउनु भयो ।

कैलाली गएको टोलीले सख्त घाइते अवस्थामा रहेको चितुवाको उद्धार गरी बर्दिया फर्किंदा खाताको अवस्था अर्कै भैसकेको थियो । बाघको कारणले त्रस्त बनेको समाजले आँफुलाई बाघबाट अशुरक्षित ठान्यो र सुरक्षाको माग गर्दै सडकमा उत्रियो । आन्दोलन नगरिकम सुनुवाइ नहुने प्रचलन स्थापित भएका कारणले होला शायद केहिबेरमै गुलरिया राजापुर सडक अवरुद्ध भयो । यता निकुञ्ज र डिभिजन वन कार्यालयका अधिकृतहरु सोनाहा क्षेत्रमा हात्ती र सुरक्षाकर्मी परिचालन गरेर मानिसलाई आक्रमण गर्ने वन्यजन्तु नियन्त्रण गर्न टोली परिचालन गरिरहेका थिए, उता ओराली बजारमा जनता र सुरक्षाकर्मी बीच  भिडन्त भैरहेको थियो । भिडन्तले उग्र रुप लिंदैजाँदा अत्यन्तै दुःखद घटना घट्यो जसबाट १८ बर्षिय नबिना थारुको ज्यान गयो भने राकेश थारु लगायत अन्य व्यक्ति र सुरक्षाकर्मी समेत घाइते भए ।

यता निकुञ्ज र डिभिजन वन कार्यालयको टोली निरन्तर मानिसलाई आक्रमण गर्ने बाघ पहिचान गरी नियन्त्रण गर्न फिल्डमा खटिएकै थियो । अन्ततः जेष्ठ २६ गतेका दिन मधुवन नगरपालिका वडा नं.२ को गणेशपुर सिसनिया सामुदायिक वनबाट एउटा बयस्क पोथी बाघ नियन्त्रणमा लिइएको छ । प्राबिधिकहरुको भनाइमा बाघको दाँत भाचिएको र पञ्जामा घाउ देखिएको हुँदा सजिलो शिकारको रुपमा मानिसलाई आक्रमण गर्न पल्किएको हुनसक्ने आसंका गर्न सकिन्छ । खाता जैविक मार्गमा बाघको कारण सिर्जित अशुरक्षाको अवस्था र हालको समस्या समाधानका लागि मधुवन नगर सरकार र जिल्ला प्रशासन कार्यालय बर्दियाको तर्फबाट भएको प्रयास एवं तदारुकताको प्रशंसा गर्नै पर्दछ । काठमाण्डौमा रहेका नेपाली कांग्रेस बर्दियाका नेता रामचन्द्र थापा लगायतको टोलीले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष लिखित निबेदन नै पेश गरेको र सरकारबाट उच्चस्तरीय छानबिन टोली गठन भै स्थलगत रुपमै छानबिन भैरहेको पृष्ठभूमिमा खाता क्षेत्रको संबेदनशिलतालाई सरकारले गम्भिरतापूर्वक आत्मसात गरेको जस्तो देखिएको छ ।

एउटा हिउँदले जाडो सकिंदैन भने जस्तै हालको समस्या हालका लागि समाधान हुनु मात्रै उपलब्धि होइन । खाता जैविक मार्गमा हात्ती, गैंडा, बाघको बिचरण निरन्तर भैरहने हुँदा यस पछि मानव-वन्यजन्तु द्वन्दका घटनाहरु  घटदैनन भनेर सोच्न पनि सकिंदैन । जतिबेला खाता जैविक मार्गको अवधारणा आएको थियो त्यतिबेला खाता क्षेत्रका शरद राई लगायतका केहि व्यक्तिहरुले यसको बिरोधमा आवाज पनि उठाएका थिए । तर जानेर वा नजानेर, बुझेर वा नबुझेर यस क्षेत्रको ठूलो जनमानस खाता जैविक मार्गको पक्षमा उभिएको थियो । त्यतिबेला खाता जैविक मार्गको बिकास, स्थानीय वासिन्दाको सुरक्षा, आयआर्जनका अवसर सृजना गरी समुन्नत जीविकोपार्जनका अवसर सृजना गरिने बिश्वास पनि दिलाइएको थियो स्थानीय वासिन्दालाई । केहि समयका लागि वास्तवमै खाता राष्ट्रिय मात्रै नभएर अन्तराष्ट्रिय चर्चाको बिषय पनि बन्न सफल भएको थियो । जसको फलस्वरुप बेलायति राजकुमार प्रिन्स ह्यारी, प्रख्यात अभिनेता लियोनार्डो डिक्याप्रो लगायत धेरै ब्यक्तिहरुले खाताको भ्रमण गरेका पनि थिए ।

खाता जैविक मार्गमा मानव-वन्यजन्तु द्वन्द कहिले सम्म ?

खाता जैविक मार्गले भारतको कतर्नियाघाट वाइल्डलाईफ सेङ्गचुरी र नेपालको बर्दिया राष्ट्रिय निकुञ्जलाई जोड्ने काम गर्दछ । यो क्षेत्रमा लाखौं बर्ष देखि वन्यजन्तु बिचरण गर्दै आएको हुँदा यो वन्यजन्तुको पैतृक मार्ग पनि हो । तसर्थ जवसम्म यो क्षेत्रमा हात्ती, गैंडा जस्ता धैरै लामो दुरीसम्म बिचरण गर्ने र बाघ जस्ता निश्चित क्षेत्रलाई आफ्नो अधिनमा राखेर बिचरण गर्ने ठूला वन्यजन्तु रहन्छन तबसम्म खाता क्षेत्रमा वन्यजन्तुको ओहोर दोहोर भैनैरहन्छ । यसरी निरन्तर वन्यजन्तु ओहोर दोहोर गर्ने क्रममा वन्यजन्तु खुरुखुरु आफ्नो बाटोमा मात्रै हिंडदैन । उ दायाँ बायाँ जता मन लाग्यो उतै हिंडछ र उसलाई अगाडी बढ्न असहज अवस्था नआएसम्म उ अगाडि बढिरहन्छ । यस क्रममा आवादी क्षेत्रमा पुगेर जनताको खेति नोक्सान गर्ने, भण्डारण गरेको अन्न नोक्सान गर्ने, पशुधन नोक्सान गर्ने र कहिलेकाहिं मानिसलाई समेत नोक्सान गर्ने घटना हुने गरेका छन । यस्ता घटना हुन नदिनका लागि जे जस्ता उपायहरु अवलम्वन गर्न सकिन्छ सबै गर्नुपर्दछ र त्यो क्षणिक र हँचुवा खालको होइनकि दिर्घकालिन हुनुपर्दछ । यसका लागि बिज्ञहरुबाट स्थलगत रुपमा अध्ययन हुन जरुरी छ ।

मानव-वन्यजन्तु द्वन्द न्यूनिकरणका लागि अवलम्वन गर्न मुनाशिव केहि सुझावः

खाता जैविक मार्गमा मानव-वन्यजन्तु सहअस्तित्वका लागि बिज्ञहरुबाट के कसता कुराहरु सिफारिस होलान ऐले नै अनुमान गर्न सकिन्न । तर खाता जैविक मार्ग जस्ता अन्तराष्ट्रिय महत्वका क्षेत्रहरुको सम्बन्धमा नेपाल सरकारबाटै बिशेष व्यवस्थाहरु भने हुनैपर्दछ । यस्ता बिशेष क्षेत्रका लागि बिशेष बजेट समेतको व्यवस्था गरी स्थानीय जनताको हितमा खर्च गर्ने व्यवस्था गर्नुपर्दछ । सामान्य रुपमा सरसर्ति हेर्दा तल उल्लेखित कामहरु गर्न सकियो भने पनि खाता क्षेत्रको जैविक विविधता संरक्षण र स्थानीय जनताको जीविकोपार्जनमा सहयोग पुग्न गै मानव-वन्यजन्तु द्वन्द न्युनिकरणमा सहयोग पुग्नसक्छ भन्ने मेरो राय रहेको छ ।

  • खाता ईलाका वन कार्यालयलाई आवश्यक जनशक्ति, स्रोतसाधन सहितको “वन्यजन्तु अनुगमन केन्द्र” को रुपमा बिकास गर्ने । त्यहाँ रहने प्राबिधिक तथा कर्मचारीले दैनिक रुपमा आफ्नो क्षेत्रमा स्थलगत निरिक्षण तथा सिसि क्यामरा र अन्य प्रबिधिको प्रयोगबाट वन्यजन्तुको संख्या, अवस्थाको तथ्याङ्क तयार गर्ने । यसबाट हात्ती, गैंडा जस्ता वन्यजन्तुको आवागमन र बाघ जस्ता वन्यजन्तुको शारीरिक अवस्था समेत आंकलन गर्न सकिन्छ । कुनै क्षेत्रमा नयाँ बाघ देखिएमा वा गाउँबस्तीको छेउछाउमा बाघको गतिबिधि देखिएमा उक्त बाघ बुढो वा घाईते वा अपाङ्ग वा अशक्त भै बिस्तापित भएको बाघ हुनसक्ने भएकोले त्यस्ता बाघलाई निगरानी र नियन्त्रण गर्नेतर्फ केन्द्रित रहन मद्दत पुग्दछ ।
  • खाता क्षेत्रमा स्थायि रुपमा बिचरण गर्ने हात्ती, गैंडा र बाघको संरक्षणमा स्थानीय समुदायको सहभागिता अभिबृद्धि गर्नका लागि नेपाल सरकारले बर्षेनी प्रति वन्यजन्तु रु. एक करोडका दरले “बिशेष संरक्षण बजेट” उपलब्ध गराएमा मानव-वन्यजन्तु द्वन्द न्युनिकरणका लागि भौतिक पूर्वाधार निर्माण, स्थानीय समुदायको जीविकोपार्जन र आयआर्जन तथा पर्यापर्यटन प्रबर्द्धनमा खर्च गरेर कायापलट गर्न सकिन्छ ।
  • अत्यन्त जोखिममा रहेका पत्थरबोझी जस्ता बस्तिहरु स्थानान्तरण गर्नुपर्दछ ।
  • वन्यजन्तु सजिलै आवादी क्षेत्रमा पस्न नसक्ने खालका भौतिक संरचना निर्माण गर्दै जानुपर्दछ ।
  • वन्यजन्तु हुलाकि राजमार्ग भएर सहज ओहोर दोहोर गर्नका लागि सडकलाई भूमिगत वा आकासे स्वरुप दिनुपर्दछ ।
  • वनसंग जोडिएका सडकमा आवागमन गर्दा वन्यजन्तुले आक्रमण गर्न नसक्ने खालको छेकबार व्यवस्था गर्नुपर्दछ ।
  • खेती, भण्डारण गरेको अन्न र पशुधन बिमा अनिवार्य गर्ने सो बापत लाग्ने प्रिमियम पुरै अनुदान दिने व्यवस्था मिलाउनु पर्दछ ।
  • खाता जैविक मार्गका वासिन्दालाई खाना बनाउने इन्धनका लागि परिवार संख्या हेरेर बिद्युत वा ग्यासमा अनुदान दिने व्यवस्था मिलाउनु पर्दछ ।
  • वन्यजन्तुको आक्रमणमा परी ज्यान गुमाएका व्यक्तिका छोरा छोरीलाई स्नातक तह सम्म अध्ययनका लागि सरकारी छात्रबृत्तिको व्यवस्था गर्नुपर्दछ ।

 

नियन्त्रण गरिएका बाघको व्यवस्थापनको कुरा

बाघ आफ्नो नियन्त्रण ईलाकामा निस्फिक्री घुमेर रमाउने वनको राजा हो । बाघलाई स-साना कंक्रिटको खोरमा थुनेर राख्नु अत्यन्त अबैज्ञानिक र अशोभनिय कार्य पनि हो । तर हाल अर्को कुनै बिकल्प नभएकोले जे नगर्नुपर्ने हो त्यहि गर्नुपर्ने बाध्यता छ । अब बाघलाई स-साना कंक्रिट निर्मित खोरहरुमा राख्नुपर्ने बाध्यताको तुरुन्त अन्त्य गरिनुपर्दछ  । यस्तो गर्मि मौषममा स-साना पिंजडा जस्ता खोर बाघको लागि कति असहज र पीडादायि भएको होला अनुमान मात्र गर्न सकिन्छ । रनवन रमाएर डुल्ने बाघ एउटा खोरको कुनामा जिब्रो बाहिर निकालेर र्याउ चुहाउँदै छिटो छिटो स्वास फेरिरहेको बाघको अवस्था सारै दयनिय देखिन्छ । अब यसरी नियन्त्रणमा लिइएका बाघलाई कमसेकम प्राकृतिक वातावरणमा बाँच्न पाउने र आ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय