चक्रवती हावाहुरीले सर्वसाधारणको जन र धनको दुबै क्षति
सोमबार, जेठ ३०, २०७९ मा प्रकाशित

बर्दिया, जेठ ३० (फरकसमाचार) / चक्रवती हावाहुरीले मधुवनका १२ बर्षिय अमृत थापाको पर्खालले च्यापेर शनिबार साँझ मृत्यु भयो । गुलरिया नगरपालिका–८ सर्जुनदी टपरा टोल स्थित बालकराम लोधको घरमा आगलागी हुँदा अन्नबाली जल्नुका साथै नगद रु १ लाख ५० हजार जलेर नष्ट भयो । चक्रवती हावाहुरीले बितण्डा मच्चाउँदा सर्वसाधारणलाई व्यापक क्षति पु¥याएको छ । हावाहुरीले मानव, पशुपन्छीको ज्यान लिएको छ । कयौं घर भत्काएको छ भने विद्युत तार सर्ट भई घरमा आगलागी हुँदा नगद ठुलो धनराशी जलेर नष्ट भएकोछ ।

हावाहुरीले ३० मिनेट मच्चाएको बितण्डाले सर्वसाधारणलाई ठुलो क्षति व्यहोर्नु परेको छ । हावाहुरीले घरको पर्खाल ढाल्दा च्यापिएर मधुवन नगरपालिका–७ सुक्रबस्तीका १२ वर्षीय अमृत थापाको मृत्यु भयो । हावाहुरी चल्दा घरभित्र बालक बस्दा पनि ज्यान बचाउन सकेनन् । हावाहुरीलाई छलेर घरमा लुकेका बालकको अकालमै ज्यान गयो । घरका पर्खाल काल बनेर खस्दा बालकको ज्यान गएको हो । त्यसैगरी ८ जना घाइते भएका छन् । घाईते मध्ये २ जनाको नेपालगंजमा उपचार भईरहेको एसपी बिरेन्द्र बहादुर शाहीले बताए । एक जना महिलाको अवस्था गम्भिर रहेको छ ।

हावाहुरीले बिद्युत तार सर्ट हुँदा गुलरिया नगरपालिका–८ सर्जुनदी टपरा टोल स्थित बालकराम लोधको घरमा आगलागी हुँदा अन्नबाली जल्नुका साथै नगद रु १ लाख ५० हजार जलेर नष्ट भएको छ । आशापुरका लोध कृषिकर्मका आफ्नै खेतमा घर बनाई तरकारी खेती गर्दै आएका छन् । शनिबार हाटबजारमा आफ्नै खेतबारीमा फलाएको तरकारी बेच्न गएको बेला घरमा आगलागी भएको लोधले बताए । हावाहुरी भयानक भएकोले बालबालिकाले बचाउन नसकेको लोधको भनाई छ ।

‘ऋण तिर्न कृषि विकास बैकबाट ऋण रु १ लाख ६५ हजार निकालको थिए’ लोधले भने,‘जस मध्ये १५ हजार मात्र मलजलमा खर्च गरेको थिए ।’ ज्वाँईबाट लिएको ऋण तिर्न राखेको रु १ लाख ५० हजार जलेर नष्ट हुँदा ठुलो क्षति भएको उनले सुनाए । लिएको ऋण तिर्न बैंकबाट निकालेको ऋण, अन्नबाली र नष्ट भएको भावुक हुँदै लोधले जानकारी दिए ।

हावाहुरी चल्दा घरको जस्तापाताको छानो टाढा खेतमा हुत्ताएको छ । घरमा राखिएको अन्नबाली, गाईभैसीको लागि राखिएको भुस जलेर नष्ट भएको छ । ऋण तिर्न निकालेको नगद रकम घरमै झोलामा राखेको थिए । नगदसहित अन्नबाली जल्दा र घरको छानो हुत्ताउदा लोध हालबेहाल बनेका छन् ।

हावाहुरीले जिल्लामा ठूलो क्षति पु¥याएको छ । हावाहुरीले घर रुखबिरुवा ढाल्दा च्यापिएर कयौं गाईभैसीसमेत मरेका छन् । हावाहुरीले जिल्लाको विभिन्न स्थानमा विद्युत पोल ढाल्दा एक दिन विद्युत अवरुद्ध भयो । विद्युत अवरुद्ध हुँदा प्रचण्ड गर्मिमा सर्वसाधारणलाई सास्ती भोग्नु प¥यो ।

प्रतिक्रिया

सम्बन्धित खवर