९ लाख बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण
बिहिबार, असार ०२, २०७९ मा प्रकाशित

बर्दिया, असार २ (फरकसमाचार) / कोभिड–१९ संक्रमणको जोखिम रोकथाममा सहयोग पुयोउने स्वास्थ्य सामाग्री स्वास्थ्य कार्यालयलाई हस्तान्तरण गरिएको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा थारु महिला उत्थान केन्द्र तथा जिल्ला विपत व्यवस्थापन समितिको समन्वयमा स्वास्थ्य सामाग्री बुधबार हस्तान्तरण गरिएको हो ।

थारु महिला उत्थान केन्द्रकी कार्यकारी निर्देशक प्रिज्म सिंह थारुले कोभिड–१९ संक्रमणको जोखिम रोकथाम, न्युनिकरण र प्रतिकार्यका लागि स्वास्थ्य कार्यालयलाई सामाग्री हस्तान्तरण गरिएको बताईन् । कोभिड महामारीले विश्वमा जनधनको क्षति पु¥याएको छ । भारतबाट छिमेकी जिल्ला बाँकेको नाका भएर आउने मानिसहरुमा छिरपुट रुपमा कोभिड संक्रमण पुष्टि भएको छ ।

‘कोभिड महामारीको जोखिम अझै कायमै छ’ कार्यकारी निर्देशक थारुले भनिन्,‘कोभिड संक्रमणको जोखिमलाई मध्यनजर गरी पुर्व तयारी गर्नुु आवश्यक छ ।’ महामारीले बिकराल रुप लिनु अघि प्रतिकार्यका लागि पुर्व तयारी भएमा महामारीलाई सजिलै परास्त गर्न सकिन्छ । स्वास्थ्य कार्यालय बर्दियालाई हस्तान्तरण गरिएको स्वास्थ्य सामाग्रीले कोभिड संक्रमणको जोखिमलाई न्युनिकरण तथा प्रतिकार्यमा थप सहयोग पु¥याउने विश्वास कार्यकारी निर्देशक थारुले व्यक्त गरिन् ।

आईस लाईन्ड रेफ्रिजेरेटर १ पिस मुल्य रु २ लाख ६५ हजार, आईस प्याक फ्रिजर १ बोक्स मुल्य रु ४ लाख १० हजार र कोल्ड बोक्स २१ पिस मुल्य रु ३ लाख ४ हजार ५ सय गरी जम्मा रु ९ लाख ७९ हजार ५ सय बराबरको स्वास्थ्य सामाग्री स्वास्थ्य कार्यालयलाई हस्तान्तर गरिएको थारु महिला उत्थान केन्द्रका कार्यक्रम संयोजक आसा राम चौधरीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय