छाला रोगीलाई नेपालगंज जान पर्ने बाध्यता
शुक्रबार, असार ०३, २०७९ मा प्रकाशित

बेद प्रकाश गुप्ता
बर्दिया, असार ३ / जिल्लाका छाला रोगी उपचारको लागि नेपालगंज जान पर्ने बाध्यता छ । जिल्ला अस्पतालमा छाला रोगका चिकित्सक र उपचार नहुँदा नेपालगंज जान पर्ने सर्वसाधरणलाई बाध्यता छ ।

छाला रोग विभाग र यस सम्बन्धी सेवा दिने अस्पताल नभएकोले बाँके स्थित मानपुरमा रहेको छाला तथा कुष्ठरोग अस्पताल साईनिङ अस्पताल बाँकेमा बर्दिया सहित कैलाली सम्मका छालाका सामान्य बिरामीहरु जाने गरेका छन् ।

बर्दियाका छाला रोगी मात्र नभई कैलालीका छाला बिरामी पनि सामान्य उपचारका लागि पनि नेपालगंजमा रहेको साईनिङ अस्पतालमा जानु परेको छ । ‘दुई वर्षदेखि यस साईनिङ अस्पतालमा मेडिकल अधिकृतको रुपमा कार्यरत छु र यहाँ पचास जना बिरामी मध्येमा बर्दियाका बिस देखि पच्चीस जना बिरामी सामान्य उपचारका लागि आउने गरेका छन्’ साईनिङ अस्पतालका मेडिकल अधिकृत गौरङ प्रतिकले बताए ।
बर्दिया गुलरियाको जिल्ला अस्पतालमा छाला रोगको उपचारको व्यवस्था नभएको कारण सामान्य छालाका बिरामी पनि नेपालगंज गई उपचार गराउन परेको हो । ‘सामान्य डन्डीफोरको जिल्ला अस्पतालमा उपचार नपाउँदा ६ सय रुपैयाको पेट्रोल खर्चिएर मलाई साईनिङ अस्पताल बाँके जान पर्यो’ छालाका बिरामी महिताब अन्सारीले बताए ।

बर्दिया अस्पतालले पनि अधिकांश सामान्य छालाका बिरामीहरुलाई साईनिङ अस्पतालमा रिफर गर्ने गरेको डाक्टर गौरङ प्रतिकले बताए । बर्दियाका कस्मेटिक, सौन्दर्यता तथा चाँया र डन्डीफोरका बिरामी पनि यहाँ आउने गरेको उनले फरकसमाचारलाई जानकारी दिए । उनले भने, ‘पहिले यसमा अरुले काम नगरेको र म आईसके पश्चात यस्ता सामान्य बिरामीको पनि यस अस्पतालमा हेरचाह हुने गरेको छ ।’
राजापुर, गोला, गुलरिया, बाँसगढी लगायत बर्दियाको अधिकांश स्थानबाट त्यस अस्पतालमा उपचार गराउन जाने गरेका छन् । प्रत्येक दिन करिब १ सय पचास जनाको हाराहारीमा छालाका बिरामीहरु उपचार गराउन जाने गर्दछन् ।

बर्दिया अस्पतालले न्यूनतम पारिश्रमिक, एउटा कोठा, टेबल र कुर्सीको मात्र व्यवस्था गर्दिए बर्दियाबासी छालाका बिरामीहरुको सेवा गर्न तत्पर रहेको र बर्दियाका बिरामीहरुलाई सामान्य औषधी उपचारका लागि नेपालगंज उपचार गराउन जान नपर्ने मेडिकल अधिकृत गौरङ प्रतिकले बताए ।

छाला रोगका लागि हाई टेक्नोलोजी सहितको मेसिनहरु नचाहिएको र सामान्य मेसिनको व्यवस्था मात्र भए छालाका बिरामीलाई सेवा गर्न सकिने उनले फरकसमाचारलाई जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर