विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
शुक्रबार, असार ०३, २०७९ मा प्रकाशित

गुल्मी, असार ३ । कक्षा तीनमा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा गुल्मीका एक शिक्षक पक्राउ परेका छन् ।

रुरुक्षेत्र गाउँपालिका वडानम्बर–३ थानपतीस्थित प्रतिभा आधारभूत विद्यालयका एक जना शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवराज खरेलले जानकारी दिए ।

अभिभावकले यौन दुर्व्यवहार गरेको जाहेरी प्रहरी कार्यालयमा दिएपछि ती शिक्षकलाई पक्रेर अनुसन्धान गरिरहेको डिएसपी खरेलले बताए ।

ती शिक्षकमाथि कक्षा ३ मा अध्ययनरत विद्यार्थी उपर विद्यालय समयमै यौनजन्य अस्वाभाविक कार्य गरेको आरोप छ ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय