तीन दशक देखि सक्रिय भुमिका निर्वाह गर्दै गैरसरकारी संस्था
सोमबार, असार ०६, २०७९ मा प्रकाशित

बर्दिया, असार ६ (फरकसमाचार) / ‘लैंगिक समन्यायिक आत्मनिर्भर समाजको सिर्जना’ गर्ने उदेश्यले थारु महिला उत्थान केन्द्र तीन दशक देखि सक्रिय भुमिका निर्वाह गर्दै आएको छ । वार्षिक सामाजिक लेखा परीक्षण कार्यक्रममा तीन दशक देखि संस्थाले गरेको विकासक्रम र प्राप्त गरेको उपलब्धिको प्रस्तुतिकरण गरेको हो । संस्था द्वारा संचालित परियोजनाले बजेट अनुसार करिब सत प्रतिशत खर्च गरेको कार्यक्रममा प्रस्तुत गरिएको छ ।

चालु आर्थिक वर्षमा संस्थामा ६ वटा परियोजना संचालित अवस्थामा रहेको जनाईएको छ । बजेट अनुसार तीन वटा परियोजनाले सत प्रतिशत खर्च गरेको छ भने तीन वटा परियोजना सत प्रतिशत खर्चको नजिक रहेको कार्यक्रममा जनाईएको छ । चालु आर्थिक वर्षमा संस्थाको ६ वटा परियोजनाको जम्मा बजेट रु ६ करोड ५९ लाख ४६ हजार ७ सय ७५ रहेको थियो । जसमा जम्मा रु ६ करोड ३ लाख ३५ हजार १ सय ६४ खर्च भएको छ ।

बिएलडब्लु परियोजनाले ८८ लाख ३८ हजार २ सय १९ सत प्रतिशत खर्च गरेको छ । सक्रिया परियोजनाले ३५ लाख ९४ हजार ९ सय खर्च गरेको छ । आधार परियोजनाले १ करोड ४४ लाख ९५ हजार ७ सय ९९ सत प्रतिशत खर्च गरेको छ । त्यसैगरी चिल्डड्रिम परियोजना ७४.५ प्रतिशत, कोभिड रेस्पोन्स परियोजना ९९.५ प्रतिशत र एसएलभिसि–११ परियोजना ८४.७ प्रतिशत खर्च गरेको संस्थाको रेकर्डले देखाएको छ ।

प्लान ईन्टरनेशनल नेपाल, हेल्वेटास स्वाप, हेफर ईन्टरनेशनल, डिसिए, आईएफए जर्मनी र नागरिक आवाज, विश्व शिक्षा दातृ निकायको सहयोगमा संस्थामा परियोजना संचालनमा रहेका छन् ।

महिला मैत्री आर्थिक विकास तथा खाद्य सुरक्षा, जलवायु तथा विपद् उत्थानशिलता र खानेपानी सरसफाई र प्रजनन् स्वास्थ्य पोषण तथा शिक्षाका क्षेत्रमा संस्थाले काम गर्दै आएको छ । संस्थाले आफ्नो लक्ष्य पुरा गर्न महिला, बालबालिका, युवा तथा सिमान्तकृत, विपन्न वर्ग, मुक्त कमैया, कमलहरीहरुको संगठन र संजालको संस्थागत क्षमता विकास गरी सेवा र स्रोतमा निर्णायक पहुँचु मार्फत जिवनस्तरमा सुधार ल्याएको छ ।

वार्षिक सामाजिक लेखा परीक्षण कार्यक्रममा थारु महिला उत्थान केन्द्रकी कार्यकारी निर्देशक प्रिज्म सिंह थारु, संस्थाका पदाधिकारीलगायत सम्पुर्ण कर्मचारीहरुको उपस्थिती रहेको थियो । संस्थाका कार्यक्रम व्यवस्थापक तेजमणि पन्थले संस्थाले गरेको काम र उपलब्धीको प्रस्तुतिकरण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय