बर्दियामा एकैदिन दुई फरार कसुरदार पक्राउ
शुक्रबार, असार १०, २०७९ मा प्रकाशित

बर्दिया, असार १० (फरकसमाचार) / लामो समय देखी फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । ठाकुरबाबा नगरपालिका–५ का ओम प्रकाश थारु र वडा नम्बर १ का चक्र बहादुर बिकलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । थारु ९ वर्ष देखि फरार रहेका थिए भने बिक १० वर्ष देखि फरार रहेका थिए ।

विशेष अदालत काठमाडौंले ०७० साल असार २ गतेको फैसला आदेशले थारुलाई भष्टाचार अनियमित काठ कटान मुद्दामा १ महिना कैद सजाय तोकेको थियो । त्यसैगरी बिक १० वर्ष देखी फरार रहेका थिए । बर्दिया जिल्ला अदालतले बिकलाई सवारी ज्यान मुद्दामा १८ दिन कैद र रु २ हजार जरिवाना तोकेको थियो ।

अदालतले कैद सजाय र जरिवाना तोकेको दिन देखी दुवै जना फरार रहेका थिए । प्रहरीले बिहीबार दुवै जनालाई नियन्त्रणमा लिई सजाय भुक्तान गर्न अदालतमा बुझाएको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय