लागु औषध मुद्दाका फरार दुई जना पक्राउ
शनिबार, असार ११, २०७९ मा प्रकाशित

बर्दिया, असार ११ (फरकसमाचार) / लागु औषध मुद्दाका दुई कसुरदारलाई प्रहरीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका–४ का अशोक शाही र वडा नम्बर १० का सुरेन्द्र कुमार थारुलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

शाही विगत दश वर्ष र थारु दुई वर्ष देखी फरार रहेका थिए । सुर्खेत जिल्ला अदालतले ०६९ साल पुस २४ गते शाहीलाई लागु औषध मुद्दामा १ महिना २६ दिन कैद सजाय र रु ५ हजार जरिवाना तोकेको थियो । त्यसैगरी बर्दिया जिल्ला अदालतले ०७७ साल माघ २२ गते थारुलाई लागु औषध मुद्दामा ९ महिना १३ दिन कैद सजाय तोकेको थियो ।

अदालतले कैद सजाय र जरिवाना तोकेको दिन देखि दुर्व जना फरार रहेका थिए । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले दुवै जनालाई नियन्त्रणमा लिई सजाय भुक्तान गर्न बर्दिया जिल्ला अदालतमा बुझाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय