मल पाउनु पर्ने माग राख्दै राप्रपाको धर्ना
मङ्गलबार, असार १४, २०७९ मा प्रकाशित

बर्दिया, असार १४ (फरकसमाचार) / किसानले सहज रुपमा समयमा मल पाउनु पर्ने माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले धर्ना दिएको छ । राप्रपाले किसानलाई मल उपलब्ध गराउनु पर्ने माग राख्दै सोमबार गुलरियामा विरोध ¥याली निकाली एकिकृत कृषि तथा पशुपंछी विकास कार्यालय र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय अगाडि धर्ना दिएको हो । असारमा किसानले अन्नबाली लगाउन मलको आवश्यक पर्छ ।

किसाले अन्नबाली लगाउने बेलामा सहज रुपमा मल नपाएको राप्रपा जिल्ला सदस्य साईद अहमद शेषले बताए । ‘सरकारले किसानलाई मल उपलब्ध नगराए किसानले कसरी उत्पादन गर्छ’ सदस्य शेषले भने,‘किसानको आवश्यकतालाई सरकारले चासो नदेखाए अन्नबालीको उत्पादनमा ह्रास आउनेछ ।’ किसानको आवश्यकतालाई मध्यनजर गरी सरकारको ध्यानाकर्षण गर्न धर्ना दिई विरोध प्रर्दशन गरेको सदस्य शेषको भनाई छ । किसानलाई सहज रुपमा मल उपलब्ध गराउन सबैले पहल गर्नुपर्ने आवश्यक रहेको उनले सुनाए ।

सरकारले किसानलाई प्रयाप्त मल उपलब्ध गराएको छैन । थोरै मल आएपनि जिम्मा पाएको सहकारी वा कार्यालयले भनसुनको आधारमा वितरण गर्दा सर्वसाधारण किसानले नपाउँदै मल सकिने गरेको स्थानीय किसानको आरोप छ । सरकारले नेपालमा हामीलाई सहज रुपमा मल उपलब्ध गराउन नसक्न् र भारतबाट ल्याउदा पनि सास्ती भोग्नु परेको गुलरिया नगरपालिका–९ का रामेश यादवले बताए ।‘आफ्नै देशमा सहज रुपमा पाउँनु पर्ने युरिया मल पारीबाट ल्याउँदा पनि अनेक समस्या झेल्नुपर्छ‘ उनले भने,‘सरकारले हामीलाई मल उपलब्ध गराउन छिट्टै पहल गर्नुपर्छ ।’ अन्नबाली लगाउने समय निस्किनु अघि नै मलको व्यवस्था गर्नु पर्ने उनको माग छ ।

किसानले मलको लागि भोग्नु परेको सास्तीलाई मध्यनजर गरी सरकारको ध्यानाकर्षण गर्न सम्बन्धित कार्यालयमा राप्रपाले धर्ना दिई विरोध प्रर्दशन गरेको छ । किसानको मागसहित १९ बुँदे माग राख्दै राप्रपाले बिरोध ¥याली निकाली प्रर्दशन गरेको छ । विरोध तथा धर्ना कार्यक्रममा राप्रपाका जिल्ला अध्यक्ष भिम बहादुर बोहरा, युवा संगठन केन्द्रिय सदस्य सुजितराज श्रीवास्तवसहितको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर