रुपन्देहीमा चट्याङ लागेर एक जनाको मृत्यु
मङ्गलबार, असार १४, २०७९ मा प्रकाशित

बुटवल, असार १४ । चट्याङ लागेर रुपन्देहीमा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सियारी गाउँपालिका-२ का ४५ वर्षीय रामनाथ बरई रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । जिल्ला प्रहरी प्रवक्ता नवरत्न पौडेलका अनुसार मंगलबार बिहान खेतमा गएका उनको चट्याङ लागेर मृत्यु भएको हो ।

बरईको शवलाई पोष्टमार्टका लागि भैरहवास्थित भीम अस्पतालमा लगिएको पौडेलले जानकारी दिए ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर