मोटरसाईकल चोरीको गिरोहमा स्कुले बिद्यार्थीको संलग्नता रहेको खुलासा
बिहिबार, असार १६, २०७९ मा प्रकाशित

बर्दिया, असार १६ / नेपाल भारतको सीमा क्षेत्रमा अपराध जन्य घटना निरुत्साहित गर्न खटिएको प्रहरीले स्कुले बिद्यार्थी मोटरसाईकल चोरीमा संलग्नता रहेको खुलासा गरेको छ ।
बाँके र बर्दियाका बजारमा चोरी भएर सीमा क्षेत्रमा पुगेका मोटरसाईकल प्रहरीले धमाधम बरामद गरेपछि मोटरसाईकल चोरीमा स्कुले बिद्यार्थीको संलग्नता रहेको खुलासा भएको हो ।

नेपाल भारतको खुला सीमा क्षेत्रमा चोरी, लुटपाट, राजश्व छलि, मानव वेचबिखन जोखिम रहेको औल्याएको प्रहरीले पछिल्लो समय बढ्दो मोटरसाईकल चोरीको घटना नियन्त्रणका लागि गिरोह र चोरी भएका मोटरसाईकल बरामद गरेर ठूलो सफलता हात पारेको छ । गोप्य सुचनाको आधारमा खटिएको टोलीले बढैयाताल गाउँपालिका जमुनिबाट चोरीका तीन वटा मोटरसाईकल र चार जना स्कुले बिद्यार्थी पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ ।

प्रहरीले बाँके र बर्दियाबाट चोरी भएका तीन वटा मोटरसाईकल सहित चार जना स्कुले बिद्यार्थी नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । पक्राउ परेका स्कुले बिद्यार्थी तीन जना १४ बर्ष र एक जना १६ बर्ष उमेर समुह रहेको तथ्य सार्वजनिक भएको छ ।

मोटरसाईकल चोरीमा संलग्नता रहेको तीन जना नावालक र चोरी भएका तीन वटा मोटरसाईकल प्रहरीले बरामद गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाएको ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठले बताए । उनका अनुसार सीमा क्षेत्रमा बरामद भएका मोटरसाईकल र सीमा क्षेत्रमा अध्ययनरत चोरीमा संलग्न चोरी कसुर गर्ने नावालक नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेका छ । ‘चोरीमा संलग्नता रहेको खुलेपछि अभिभावकको सहयोगमा नियन्त्रणमा लिने देखि अनुसन्धान सम्मको काममा सहजता भईरहेको छ,’उनले भने,‘नावालक लहलहैमा चोरीमा संलग्नता भएको प्रहरीको अनुसन्धानले भेटाएको छ ।’

प्रहरीले गरेको थप अनुसन्धानमा दोस्रो गिरोह प्रयोग गरेको नभई लहडमा स्कुले बिद्यार्थी चोरी गरी मोटरसाईकल लुकाएको घटनाक्रमबाट पुष्टि हुन्छ ।

‘हामीले स्कुले बिद्यार्थीलाई प्रयोग गर्ने माथील्लो गिरोह फेला पार्न प्रयासरत छौ’प्रहरी निरीक्षक श्रेष्ठले भने,‘स्कुले बिद्यार्थी बाहेक अर्को गिरोह नरहेको पाएका छौ, अनुसन्धानमा नचुक्न एसपि सावबाट निर्देशन छ ।’ नियन्त्रणमा लिएको नावालकलाई अनुसन्धानका लागि प्रहरीले म्याद थप गरेको छ । मोटरसाईकल चोरी भएको उजुरी पर्ने बित्तिकै सीमा क्षेत्रमा खटिएको प्रहरीले तीन वटा मोटरसाईकल र चार जना नावालक नियन्त्रण लिएको बर्दिया प्रहरी प्रमुख बिरेन्द्र बहादुर शाहीले बताए ।

‘खुला सीमामा हुने अपराधमा प्रहरी सचेत छ’उनले भने,‘सीमा क्षेत्रमा निगरानी बढाउँदा सफलता प्रहरीले पाएको छ ।’ बरामद भएका मोटरसाईकल मध्य दुई वटा नम्बर परिवर्तन गरेर जंगलमा छेउँछाउँमा राखेको अवस्थामा प्रहरीले मोटरसाईकल बरामद गरेको हो । मोटरसाईकल धनि सम्र्पकमा आएपछि बाँकेको धनौली स्थित ईप्रका, बर्दियाको ईप्रका मैनापोखरले डाका र चोरी मुद्दामा कानुनी प्रक्रिया अघि बढाएको छ ।

सीमा क्षेत्रमा परिचालित बर्दिया प्रहरीले बिभिन्न किसिमका रणनितिक योजना अनुरुप बिभिन्न किसिमको अप्रेशन संचालन गरिरहेको छ । एम्बुस, स्वपिङ, पट्रोल जस्ता अप्रेशनले अपराधीको मनोबल गिराउँन र सहज तरिकाले अपराध गरेर फरार हुने प्रबृतिको निरुत्साहित भएको प्रहरी प्रमुख शाहीले दाबी गरे । ‘सीमा क्षेत्रमा हुने अपराधमा प्रहरीले सीमा क्षेत्रलाई प्राथमिकता दिएर अध्ययन गरेर प्रहरी परिचालित गरेको छ,’उनले भने,‘रणनितिका योजना अनुरुप सीमा क्षेत्रमा खटिदा प्रहरीले सफलता हात परेको हो ।

’ उनका अनुसार लागु औषध, राजश्व चुहावट, बैदेशिक रोजगारीका लागि नेपाल र भारतको खुला सीमा प्रयोग गर्ने गिरोहको बिरुद्धमा दक्ष प्रहरी सीमा क्षेत्रमा खटिरहेको छ । ‘भारतीय पक्षसँगको समन्वयमा भारतमा अलपत्र परेका महिलाको नेपाल प्रहरीले उद्धार गरेको रेर्कडले पुष्टि गर्छ । स्रोत नागरिकन्युज

प्रतिक्रिया

सम्बन्धित खवर