असार १६ /नेकपा राष्ट्रिय ए" />
ओलीलाई गौतमले भने– ठुलो पार्टीको अध्यक्षको हैसियतले एकताको पहल लिनुस्
बिहिबार, असार १६, २०७९ मा प्रकाशित

काठमाडौं,असार १६ /नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ठुलो पार्टी अध्यक्षको हैसियतले एकताको पहल लिन आग्रह गरेका छन् । तत्कालिन नेकपा जोड्ने अभियानमा लागेका गौतम पार्टी निर्णय भएपछि पहिलो पटक ओलीलाई भेट्न बालकोट पुगेका थिए ।

‘तत्कालिन नेकपा विभाजन भएपछि सबैभन्दा ठुलो पार्टी अध्यक्ष तपाई नै हुनुहुन्छ । तपाईले नै वाम एकता जोड्न पहल गर्नुस् त्यसपछि मात्रै माहोल बन्दै जान्छ’ गौतमको सचिवालय स्रोतले भन्यो, ‘त्यसमा केपी कमरेडले खासै प्रक्रिया दिनुभएन । बरु विगतका कुरा गरेर  फर्किनुभयो ।’ गौतमको प्रस्तावलाई ओलीले महत्वका साथ नलिएको बताएको छ । तत्कालिन नेकपा फुटाउन गौतम आफै सक्रिय भएकाले पुनः एकता गराउन जानुको कुनै अर्थ नभएको ओली निकट एक नेताले बताए ।

‘तत्कालिन नेकपा फुटाउन वामदेव कमरेड नै लाग्नुभयो । उहाँ खुलेर नलागेको भए यो अवस्था हुने थिएन’ ती नेताले भने, ‘अहिले आएर नेकपा जोड्छु भनेर कहाँ हुन्छ ? यो केही उपाय नलागेका कुरा हुन् ।’ गौतमले यसरी नै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेर वाम तालमेलसँगै एकता गर्न आग्रह गर्ने भएका छन् । रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय