असार १७ / सञ्चारकर्मी रवि ल" />
रवि लामिछानेले लिए दल दर्ताको प्रमाणपत्र, चुनाव चिन्ह गोलाकार भित्रको घण्टी
शुक्रबार, असार १७, २०७९ मा प्रकाशित

काठमाडौं,असार १७ / सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । दर्ता पश्चात सो दललाई शुक्रबार दल दर्ताको प्रमाणपत्र समेत दिइएको आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

पार्टीको नामका विरुद्धमा परेका २ उजुरी आयोगले खारेज गरेको छ ।  ऐनमा कतै पनि कुनै नामका आधारमा पार्टीको नाम हुने वा नहुने भन्ने व्यवस्था नभएकोले सो उजुरीको कुनै औचित्य नभएको आयोगले ठहर गरेको छ ।

स्वतन्त्र शब्द दलको नाममा राख्न नहुने माग गर्दै आयोगमा लामिछानेको पार्टीविरुद्ध २ उजुरी समेत परेको थियो ।रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर