भारतीय जंगलमा गोली प्रहार हुँदा एक नेपालीको मृत्यु
शुक्रबार, असार १७, २०७९ मा प्रकाशित

बर्दिया, असार १७ (फरकसमाचार) / भारतीय जंगलमा बन्दुकको गोली लागेर एक नेपालीको मृत्यु भएको छ । गुलरिया नगरपालिका–३ बनकट्टीका ५४ वर्षिय हेमराज गोडियाको बिहीबार साँझ मृत्यु भएको हो । नेपालको सीमासंग जोडिएको भारतको मुर्तिहा जंगलमा निउरो टिप्न गएको बेला गोडिया माथि गोली प्रहार भएको परिवारिक स्रोतले जनाएको छ । भारतीय वन रक्षकले गोडियामाथि गोली प्रहार गरेको परिवारिक स्रोतको दावी छ ।

भारतीय जंगलमा आफुमाथि गोली प्रहार भई घाईते भएको गोडियाले आफ्नो परिवारलाई फोन मार्फत जनाएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी सुर्य प्रकाश सुवेदीले बताए ।

‘गोली लागेर गम्भिर घाईते भएका गोडिया भारतीय मुर्तिहा जंगलबाट आफ्नो खेत नेपालमा आएका थिए’ डिएसपी सुवेदीले भने,‘घाईते गोडियालाई छोराले घरमा ल्याई एम्बुलेन्स बोलाई उपचारको लागि बर्दिया अस्पतालमा पु¥याएका थिए ।’बर्दिया अस्पतालमा उपचारको क्रममा बिहीबार राति ११ बजे मृत्यु भएको हो ।

मृतक गोडियाको दायाँ घुँडामाथि घाउ देखिएको डिएसपी सुवेदीले जानकारी दिए । पोष्टमार्टमपछि गोडियाको शव परिवारले बुझेको छ । गोडिया माथि गोली कसले चलायो अझै पत्ता लागेको छैन । यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको डिएसपी सुवेदीले जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय