काठमाडौं, असार १९। नेकपा माओव" />
माओवादीले पदाधिकारी टुंग्याउने सम्भावना कम
आइतबार, असार १९, २०७९ मा प्रकाशित

काठमाडौं, असार १९। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । तर, यो बैठकले पनि पदाधिकारी टुंगो लगाउने सम्भावना कम देखिएको नेताहरुले बताएका छन् ।

माओवादीले गत मंसिरमै आठौं महाधिवेशन गरेको थियो । हलबाट केन्द्रीय कमिटी घोषणा गरेको माओवादीले कमिटीमार्फत पुष्पकमल दाहाल प्रचण्डलाई फेरि अध्यक्ष चुनेको थियो । तर पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरो समेत बनाएको छैन ।

राष्ट्रिय सभागृहमा आइतबार बिहान ११ बजे बोलाइएको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे रिपोर्टिङ गर्नेछन् । अध्यक्ष प्रचण्डले पदाधिकारी, स्थायी कमिटी र पोलिटव्यूरो प्रस्ताव गर्ने कार्यसूची छ । तर महासचिवबारे कुनै सहमति नजुटेको र निर्वाचनमा जाने तयारी पनि नभएकाले यो बैठकले पदाधिकारी टुंगो लगाउने सम्भावना कम देखिएको एक केन्द्रीय सदस्यले बताए ।

शनिबार साँझ बसेको पूर्वस्थायी कमिटीका पूर्वपदाधिकारीको बैठकमा पनि यसबारेमा कुनै सहमति नभएको एक नेताले बताए । केन्द्रीय समिति बैठकले स्थानीय तह निर्वाचनको समीक्षा गर्दै आगामी चुनावको कार्ययोजना पनि बनाउने बताइएको छ ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय