असार १९ / नेकपा एकता राष्ट्" />
वामदेवलाई कारवाही गर्ने युवराज भन्छन्– हामीलाई सुरक्षा थ्रेट भयो !
आइतबार, असार १९, २०७९ मा प्रकाशित

काठमाडौं,असार १९ / नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई निष्कासन गर्ने युवराज सफलले आफ्नो समूहमाथि सुरक्षा ‘थ्रेट’ आएको दावी गरेका छन् ।  साथै उनले आफ्नो राजीनामा सचिवालय सदस्यबाट मात्रै राजीनामा गरेको तर केन्द्रीय सदस्य कायमै रहेकाले गौतमलाई कारवाही गरेको स्पष्टिकरण दिएका छन् ।

‘हिजो शनिबारबाटै म लागयतका हाम्रो टिमका चारजना साथीहरूमाथि सुरक्षा थ्रेट आयो, अपहरण गर्नेसम्मको धम्की आएको छ’, यसबारे प्रधानमन्त्रीको कार्यालयमा पनि जानकारी गराइसकेका छौ, ‘आज गृहमन्त्रालय गएर निवेदन पनि दिँदैछौ’, गौतमलाई हटाएर संयोजक तोकिएका सफलले बताए । उनले ओम चालिसे भन्ने व्यक्तिले सचिवालय सदस्य कृष्णगोपाल बञ्जरालाई शनिबार स्वयम्भूमा भेटेर त्यस्तो धम्की दिएको युवराज सफलको दावी छ ।

गौतम नेतृत्वको अभियानमा सामेल रहेका सफल सहितका नेताहरुले शनिबार छुट्टै भेला गरेर विभिन्न आरोप लगाउदै निष्काशन गरेको घोषणा गरेका थिए । तर, गौतम पक्षले भने सफलले अभियानबाट राजीनामा गरिसकेकाले उनले गरेको कारवाहीको कुनै अर्थ नरहने दावी गरिसकेको छ ।रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय