अपांगता भएका सात जना सहयोगी सामाग्रीबाट लाभान्वित
सोमबार, असार २०, २०७९ मा प्रकाशित

दलबहादुर सुनार
बर्दिया, असार २० / शारीरिक रुपमा अपांगता भएका ब्यक्तिहरु सहयोगी सामाग्रीबाट लाभान्वित भएका छन् । गुलरिया नगरपालिका–६ का शारीरिक रुपमा अपांगता भएका सात जना ब्यक्तिहरु सहयोगी सामाग्रीबाट लाभान्वित भएका हुन् ।

गुलरिया नगरपालिका–६ को सहयोगमा सुर्योदय सास्कृतिक प्रतिष्ठान गुलरियाले शनिवार दुई जना अतिअशक्त अपांगता भएकालाई ह्वीलचियर र मध्यम अपांगता भएका पाँच जनालाई बैसाखी प्रदान गरेको प्रतिष्ठानले जनाएको छ ।

गुलरिया नगरपालिका–६ का वडा अध्यक्ष तथा गुलरिया नगरपालिकाका प्रवक्ता सुधांशु शर्माको प्रमुख आतिथ्यमा भएको अभिमुखीकरण तथा सहयोगी साधन बितरण कार्यक्रममा सहयोगी सामाग्री वितरण गरिएको छ । गुलरिया नगरपालिका स्वास्थ्य शाखाका प्रमुख सुनिल पाण्डेले अपांगता हुने कारण र अपांगताको अवस्था सेवा सुबिधाको बारेमा सहजिकरण गरेका थिए ।

अभिमुखीकरण कार्यक्रममा अपांगता भएका ब्यक्ति, अभिभाबक, जन प्रतिनिधीलगायत संचारकर्मीहरुको उपस्थिती रहेको प्रतिष्ठानका अध्यक्ष नरेन्द्र श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय