टाँगाको ठक्करबाट एकको मृत्यु
सोमबार, असार २०, २०७९ मा प्रकाशित

बर्दिया, असार २० / टाँगाको ठक्करबाट एक जनाको मृत्यु भएको छ । गुलरिया नगरपालिका–८ सुरजपुरका ७० वर्षिय बिर बहादुर सुनारको शनिबार साँझ मृत्यु भएको हो ।

गुलरिया नगरपालिका–८ भन्सार चोकस्थित असिम अहमद इद्रिसीले चलाएको टाँगाले शनिबार ३ बजे सुनारलाई ठक्कर दिई गम्भिर घाईते बनाएको थियो । घाईते सुनारको बर्दिया अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि नेपालगंज नर्सिङहोममा पु¥याईएको थियो । नर्सिङहोममा उपचारको क्रममा साँझ ५ बजे सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

टाँगा चालक इद्रिसीलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी सुर्य प्रकाश सुवेदीले जानकारी दिए । स्रोत नागरिकन्युज

प्रतिक्रिया

सम्बन्धित खवर