काठमाडौं,
जनता समाजवादी पार्टी नेपालले सरकारमा पठाएको तीन मन्त्रीलाई फिर्ता बोलाएको छ । तर पार्टीबाट मन्त्री भएका कार्यकारिणी सदस्य महिन्द्रराय यादवले भने सरकारबाट मन्त्री फिर्ता बोलाएको बारेमा आफूलाई कुनै जानकारी नरहेको बताए ।कृषि तथा पशुपन्छी विकास मन्त्री रहेका नेता यादवले भने, ‘पार्टीले कतिखेर निर्णय गर्यो, कतिखेर कसलाई पठायो, कसलाई फिर्ता बोलायो, त्यसको बारेमा आफूलाई कुनै जानकारी छैन ।
उनले यस विषयमा पार्टीमा छलफल भएपछि थप कुरा बताउने बताए । मन्त्री यादव जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई निकट मानिन्छन् । उनी मन्त्री फिर्ता बोलाउन नहुने पक्षमा थिए । रातोपाटीबाट साभार