बर्दिया, असार २२ (फरकसमाचार) / समाजमा हुने बालविवाह लगायत अनेक किसिमका विकृति विसंगति न्युनिकरण गर्न प्रहरीले सचेतनामुलक कार्यक्रमलाई निरन्तरता दिएको छ । मंगलबार ईलाका प्रहरी कार्यालयले बढैयाताल गाउँपालिका–६ स्थित श्री शारदा माध्यमिक विद्यालयमा सचेतनामुलक कार्यक्रम गरेको हो ।
यस्तै जिल्लाको विभिन्न विद्यालयमा प्रहरीले सचेतनामुलक कार्यक्रम संचालन गर्दै आएको छ । सचेतनामुलक कार्यक्रमले बालविवाह, लागु औषध दुव्र्यसनी जस्ता गतिविधि घट्ने स्थानीयले विश्वास लिएका छन् । समाजमा रहेको विकृति बालविवाह, लागु औषध सेवन, बलात्कार जस्ता गतिविधि न्युनिकरण गर्न प्रहरीले विद्यालयमा सचेतनामुलक कार्यक्रम गरिरहेको छ । अहिलेको परिवेशमा उमेर नपुगेर बालविवाह गर्ने र लागु औषध दुव्र्यसनीमा बालबालिका बढी देखिएका छन् । त्यसलाई न्युनिकरण गर्न प्रहरीले सचेतनामुलक कार्यक्रमलाई प्राथमिकता दिएको छ ।
अघिल्लो साता इन्सेकले आयोजना गरेको नेपाल मानव अधिकार वर्षपुस्तकको अर्ध वार्षिक सम्पादन पुर्व समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै एसपी बिरेन्द्र बहादुर शाहीले जबसम्म समाजमा सचेतना फैलाउन सकिदैन तबसम्म बालविवाह, दुव्र्यव्यवहार जस्ता घटना न्युनिकरण गर्न नसकिने बताएका थिए ।
प्रहरीले आफ्नो तर्फबाट समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत निरन्तर विद्यालय र समुदायमा सचेतना फैलाई रहेको छ । बालविवाह, बलात्कार जस्ता विविध घटना न्युनिकरण गर्न सबैले सचेतना फैलाउनु पर्ने एसपी शाहीले धारणा व्यक्त गरेको थिए ।