बर्दिया, असार २३ (फरकसमाचार) / लागु औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मधुवन नगरपालिका–५ स्थित १७ नम्बर चौक बस्ने २६ वर्षिय ईन्द्र बहादुर विक र गुलरिया नगरपालिका–१ छेदापुर बस्ने २८ वर्षिय भण्डारी भनिने मुकेश लोधलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट दुवै जना लागु औषधका कारोबारी रहेको खुलेकोे छ ।
संकास्पद रुपमा रहेका विकको घर कोठाको बिस्तारामुनि लुकाई छिपाई राखेको लागु औषध ब्राउन सुगरका ९ थान पुडिया र उनले प्रयोग गर्ने पल्सर मोटर साईकलको चाभिको ढक्कन भित्रबाट लुकाई राखेको १ थान पुडिया गरी जम्मा १० थान पुडिया बरामद भएको छ । कागजको सा–साना पुडियामा रहेको लागु औषध ब्राउन सुगरको तौल १ सय ८० मिलीग्राम रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले बिकलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा लोधबाट खरिद गरि ल्याएको बताएका थिए । प्रहरीले लोधलाई नियन्त्रणमा लिई खानतलासी गर्दा कालो प्लाष्टिकको पोका बनाई राखेको अवस्थामा ३ थान पुडिया बरामद गरेको छ ।
प्रहरीले लोधबाट बरामद गरेको ३ थान लागु औषध खैरो हिरोइनको तौल ३ ग्राम ७ सय ४० मिलिग्राम रहेको जनाएको छ । प्रहरीले लागु औषधसहित दुवै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ढोढरीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।