२५ हेक्टरमा वृक्षारोपणको कार्य शुभारम्भ
आइतबार, असार २६, २०७९ मा प्रकाशित

दीपकलाल श्रेष्ठ
बर्दिया, असार २६ / गुलरिया नगरपालिका–२ संगम बस्ती स्थित बेलाफाटामा करिब २५ हेक्टर क्षेत्रमा वृक्षारोपण कार्यको शुभारम्भ गरिएको छ ।

डिभिजन वन कार्यालयको क्षेत्र अधिकार भित्र रहेको गुलरिया न.पा.–२ संगमबस्ती स्थित बेलाफाँटामा खालि रहेको करिब २५ हेक्टर क्षेत्रमा गर्न लागिएको वृक्षारोपण कार्यको शुभारम्भ लुम्बिनी प्रदेश वन, वातावरण तथा भु–संरक्षण मन्त्रालयका मन्त्री सुरेन्द्र हमालले गरेका हुन ।
बस्ती छेउमा रहेको खाली स्थान करिब २५ हेक्टरलाई तारबार गरि वृक्षारोपण गर्न लागिएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख वन अधिकृत प्रविन बिडारीले बताए ।

डिभिजन वन कार्यालय बर्दियाले विगतका बर्षमा पनि यस्ता किसिमका वृक्षारोपण गरिएको र यस आर्थिक बर्षमा करिब ४० हेक्टरमा वृक्षारोपण गर्नेसमेत वन अधिकृत बिडारीले जानकारी दिए ।

‘लुम्बिनी प्रदेश कै ठुलो क्षेत्रफल मध्ये वृक्षारोपण गरिएको यो स्थान एक रहेको छ’ लुम्बिनी प्रदेश वन, वातावरण तथा भु–संरक्षण मन्त्रालयका मन्त्री हमालले भने,‘यस्ता किसिमका स्थानहरु पहिचान गरि स्थानियहरुसंगको समन्वयमा वृक्षारोपण गर्नुपर्छ ।’

डिभीजन वन कार्यालय बर्दियाले पछिल्लो समय जिल्ला भित्रका खालि स्थानहरुको पहिचान गरि वृक्षारोपण कार्यलाई तिव्रता दिएको छ ।
वृक्षारोपण कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य भुवनेश्वर थारू, प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोला लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर