सर्प उद्धारमा वन मन्त्री आफै सहभागी
आइतबार, असार २६, २०७९ मा प्रकाशित

दीपकलाल श्रेष्ठ
बर्दिया, असार २६ / लुम्बिनी प्रदेशका वन, वातावरण तथा भू–संरक्षण मन्त्री सुरेन्द्र हमाल शनिवार वृक्षारोपण कार्यक्रममा सहभागी हुन गुलरिया आएका थिए ।

डिभिजन वन कार्यालय द्वारा आयोजित वृक्षारोपण कार्यक्रममा सहभागी हुन आएका मन्त्रीले सर्प उद्दार गरेका छन् ।
कार्यक्रम सकिए लगत्तै डिभिजन वन कार्यालय बर्दिया जिल्ला वन अधिकृत प्रविन बिडारीलाई गुलरिया नगरपालिका – १ का निवासी खडक बहादुर खत्रीले फोन मार्फत आफ्नो घरमा सर्प पसेको सुचना दिन्छन र आफ्नो घरबाट सर्प बाहिर निकालिदिन अनुरोध गर्छन ।
डिभिजन वन कार्यालय बर्दियाबाट सर्प उद्धारका लागि जाने तैयारी गरिरहदा वन मन्त्री पनि सर्प उद्धारका लागि डिभिजन वन उद्धारकर्मीका साथ जाने बताउछन् ।

सर्प पसेको घरमा उद्धार टोलिसंगै वन मन्त्री हमाल पनि घर भित्र पसे । घरको छानो टायलको बिच बसेको सर्पलाई उद्धार सामाग्रीसंगै उद्धारकर्मिसंग संगै सर्प समाउन तिर लाग्छन । उद्धारकर्मिसंगै रहेका वन मन्त्री हमालको टोलिले एक गोमन सर्प समातेर घर बाहिर निकाल्छन ।

सर्प ठुलै थियो । उद्दार गरिएको गोमनको करिब २ किलो बढी तौल रहेको अनुमान गरिएको छ । वनका उद्धारकर्मि कर्मचारीको टोलीसँगै पुगेका वनमन्त्री हमाल आफैँ पनि उद्धारमा खटिएको देख्दा स्थानिय समेत अचम्मित रहेका थिए । वन मन्त्री आफै आफ्नो घरमा सर्प उद्धार गर्न आएको देखेर घर मुलि खत्रीले वन मन्त्रीलाई धेरै धेरै धन्यवाद मन्त्री जी भनि खुसी व्यक्त गरे ।

मन्त्री हमालका अनुसार खत्रीको घरमा भेटिएको उक्त सर्पलाई नजिकैको जंगलमा छोडिएको छ । उनले सर्पलाई असुरक्षित महसुस हुने गरी क्रियाकलाप नगरे उसले आक्रमण नगर्ने भएकाले देखेमा मारिहाल्नुपर्छ भन्ने मानसिकता त्याग्न आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर