राम प्रसाद चौहान
बर्दिया, असार ३० / लाईसेन्स नभएका ५४ अटोरिक्सा चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । लाईसेन्स नभएका अटोरिक्सा चालकलाई ट्राफिक प्रहरीले बुधबार कारवाही गरेको हो । प्रहरीले आटोरिक्सा नियन्त्रणमा लिएपछि अटोचालकहरु गुलरिया नगरपालिका पुगेका थिए । गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले नियम उल्लघंन नगर्न अटोचालकहरुलाई अनुरोध गरेका छन् ।
‘आफ्नो सुरक्षाको लागि लाईसेन्स अनिवार्य रहेको छ’ नगर प्रमुख यादवले भने,‘दुर्घटना नभएसम्म केही नहोला तर, दुर्घटना हुँदा कानुनले छोड्दैन ।’ जसले गर्दा नियम विपरीत कुनै पनि सवारी साधन चलाउन नहुने सुनाए । अटोचालकहरुलाई छिटो भन्दा छिटो लाईसेन्स बनाउन आग्रहसमेत नगर प्रमुख यादवले गरे ।
पहिलो चरणमा लाईसेन्स नभएर चलाएका चालकको ईरिक्सा र अटोेरिक्सा होल्डमा राखी ५४ जनालाई रु ५ सयका दरले २७ हजार जरिवानासमेत गरिएको जिल्ला ट्राफिक कार्यालयका हवल्दार कृष्ण डाँगीले बताए ।
गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवको संयोजकत्व, जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक इश्वरी देवकोटा र अटोरिक्सा चालकको उपस्थितीमा तीन वटा निणर्य गरिएको छ ।
ईरिक्सा, अटोरिक्सा चालकले अनिवार्य लाईसेन्स बनाउने, अटो चालकले पुर्ण रुपमा ट्राफिक नियमको पालना गर्ने र अटोरिक्सा व्यवस्थापनको लागि नगरपालिकाले आवश्यक पहल गर्ने निर्णय गरिएको छ ।
दुर्घटना जोखिम मानिएको अटोरिक्सालाई ट्राफिक प्रहरीले निगरानी बढाएको छ । मापदण्ड बिपरीत बजारमा छ्याप्ती भएका अटोरिक्साका कारण दुर्घटना जोखिम बढेको छ । कम उमेरका चालक र अनुमति प्राप्त नगरेका चालकले अटोरिक्सा हुईकाउँदा भईरहेको सडक दुर्घटना न्युनिकरण अभियान सक्रियता देखाएको ट्राफिक प्रहरीले अटो रिक्सालाई निगरानी बढाएको हो । नियन्त्रणमा लिईएका ईरिक्सा र अटोरिक्साका कागज पत्र चेक जाँचका गरी चालकलाई ट्राफिक नियम सम्बन्धि प्रशिक्षण गरिएको छ ।