बर्दिया, साउन ०१ / बढैयाताल गाउँपालिकाको वडामा एमालेका जनप्रतिनिधिको अबरोध विच बढैयाताल गाउँपालिकाको निति तथा कार्यक्रम शनिवार पास भएको छ । एमालेका जनप्रतिनिधिको वर्चस्व रहेको बढैयाताल गाउँपालिकामा निति तथा कार्यक्रम पास हुन सकेको थिएन । माओवादीका हिमालय त्रिपाठीले अध्यक्ष पद सम्हालेपछि एमालेका जनप्रतिनिधिले नियम विपरीत भएका कामलाई निरन्तरता दिन गाउँ सभामा दवाव दिएपछि ११ औ गाउँ सभा स्थगन भएको हो ।
बढैयातालमा नियम मिचेर राखिएका करारका कर्मचारीलाई पुन नियूक्ति दिने पर्ने माग र प्रत्येक वडामा एक करोड बिनियोजन गर्न दवाव दिएपछि गाउँपालिकाका अध्यक्ष त्रिपाठीले असार दश गते गाउँ सभा स्थगित भएको घोषणा गरेका थिए ।
बढैयाताल गाउँपालिकामा ९ वटा वडा छन् । यसअघि एमालेले बढैयाताल गाउँपालिकामा अध्यक्ष लाल बहादुर श्रेष्ठ सहित पाँच वटा वडा जितेको थियो । एमालेका अध्यक्ष सहित जितेको एमालेको नेतृत्वले नियम विपरीत सय बढि कर्मचारी भर्ना गर्दा बेरुजु बढेको तथ्य लेखा परीक्षण कार्यालयले सार्वजनिक गरेको थियो ।
बढैयाताल गाउँपालिकामा बलजफ्ति कार्यकर्ता भर्ना गरेको र कर्मचारी भर्ना गर्दा आर्थीक चलखेल गरेको आरोप पूर्व जनप्रतिनिधिले खेप्दै आएका छन् । भर्खर सम्पन्न निर्वाचनमा माओबादीले अध्यक्ष पद र एउटा वडा जितेको छ । एमालेको ७ वटा वडामा पूर्ण बहुमत छ । एउटा वडा काग्रेसले जितेको छ । बहुमत वडा अध्यक्षले बिधि बिधान बिपरीत गाउँ सभामा माग सम्बोधन गर्न चर्को दवाव दिएका कारण सभाका असन्तुष्ट अल्पमत सदस्य पक्षको व्याप्त असुन्तुष्टि रहेको थियो ।
बिधि बिधानमा टेकेर कर्मचारी नियुक्ती दिन सकिने र वडामा एक करोड बजेट विनियोजन गर्ने सर्तमा अध्यक्ष त्रिपाठी र वडा नेतृत्वको सहमतिमा बढैयातालमा गाउँपालिकाको निति तथा कार्यक्रममा सहमतिमा पास भएको पाईएको छ । भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन प्राथामिकतामा राखेर निति तथा कार्यक्रम पास गरेको बढैयातालका अध्यक्ष त्रिपाठीले बताए । ‘गाउँपालिकाका अपरीहार्य आवश्यक्तालाई समावेश गरेर निति तथा कार्यक्रममा समावेश गरिएको छ’उनले भने,‘स्थानीय स्तरमा लुकेका विषयको प्रबद्धन र संरक्षण गर्ने कार्यक्रममा प्राथामिकता दिईएको छ ।’
खेल प्रबद्धनका लागी रंगशाला, फोहोर मैला व्यबस्थापन, साना उद्योगलाई प्रोत्साहन गर्ने कामलाई समाबेश गरेको त्रिपाठीले बताए । अध्यक्ष लगायत पालिकाका सम्पुर्ण जनप्रतिनिधिको सहमतिमा निति तथा कार्यक्रम पास भएको प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपानेले बताए । ‘पालिकाको महत्वपुर्ण बिषयहरु निति तथा कार्यक्रममा सम्बोधन गरिएको छ,’उनले भने,‘कार्यक्रममा साना देखि ठूला बिषय समाबेश भएको निति तथा कार्यक्रम जनमुखी छ ।’ निति तथा कार्यक्रमा करिब ७२ करोड बजेट बिनियोजन भएको उनले जानकारी दिए । उनका अनुसार साउन दश गते बजेट पास हुदैछ । स्रोत नागरिकन्युज