बर्दिया अस्पतालले बिरामीलाई रगत निःशुल्क दिने
मङ्गलबार, साउन ०३, २०७९ मा प्रकाशित

बर्दिया, साउन ३ / बर्दिया अस्पतालले आईतबार देखी विरामीलाई निःशुल्क रगत उपलब्ध गराउने भएको छ ।
अस्पताल र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाद्वारा संचालित रक्त संकलन तथा भण्डारण केन्द्र बिच सम्झौता भएपछि बिरामीले अबदेखि निःशुल्क रगत पाउने भएका हुन् ।

यसअघि रगत निशुल्क भनिएपनि बिभिन्न परीक्षणका नाममा बिरामीले रकम व्यहोर्नु पथ्र्यो । बिरामीले लिएका रगतको रकम अस्पतालले व्यहोर्ने भएपछि बिरामीलाई उपचारमा थप सहयोग हुने भएको छ ।

आइतबार देखि बिरामीलाई रगत निःशूल्क उपलब्ध गराएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.सुभाष पाण्डेले जानकारी दिए ।
रेडक्रसले विरामीलाई आवश्यकता अनुसार रगत उपलव्ध गराउने र त्यसको लागि आवश्यक सम्पूर्ण सोधभर्ना अस्पतालले महिनाको अन्तममा गरिदिने सहमति अस्पताल र रेडक्रसबीच भएको छ ।

रगत लिनका लागि चिकित्सक वा स्वास्थ्यकर्मीको सिफारिस पत्र हुनुपर्ने छ । सम्झौता पत्रमा अस्पतालका तर्फबाट अध्यक्ष नारायण गौतम र रेडक्रसको तर्फबाट जिल्ला शाखाका सभापति कृष्णप्रसाद गौतमले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय