नाबालिका करणी गरेको आरोपमा युवक पक्राउ
मङ्गलबार, साउन ०३, २०७९ मा प्रकाशित

बर्दिया, साउन ३ (फरकसमाचार) / नाबालिकालाई करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

मधुवन नगरपालिका–६ का २६ वर्षिय मान बहादुर रजालीलाई प्रहरीले पक्राउ गरेको हो । घरमा कोही नभएको मौकामा जबरजस्ती करणी गरिरहेको अवस्थामा नाबालिकाका आफन्तले देखेका थिए ।

आफन्तले देखी हार गुहार गरेपछी स्थानीयको सहयोगमा प्रहरीले रजालीलाई नियन्त्रणमा लिएको हो । प्रहरीले रजालीलाई नियन्त्रणमा लिई जबरजस्ती करणी मुद्दामा अदालतबाट म्याद थप गरि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका ह्देश कुमार सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय