जबरजस्ती करणी गरी फरार रहेका चमार पक्राउ
बुधबार, साउन ०४, २०७९ मा प्रकाशित

बर्दिया, साउन ४ (फरकसमाचार) / नाबालिकालाई जबरजस्ती करणी गरी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका–१२ का ४० वर्षिय श्रीराम चमारलाई प्रहरीले पक्राउ गरेको हो ।

०७८ साल चैत १५ गते घरमा कोही नभएको बेला ६ वर्षकी नाबालिकालाई चमारले जबरजस्ती करणी गरी फरार भएका थिए । प्रहरीले खोजतलास गर्ने क्रममा लुकिछिपी बसेको अवस्थामा सोमबार चमारलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले चमारलाई नियन्त्रणमा लिई अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय