बर्दिया, साउन ४ (फरकसमाचार) / लागु औषध ब्राउन सुगरसहित एकै दिन प्रहरीले चार जनालाई पक्राउ गरेको छ । प्रहरीले लागु औषधसहित चारै जनालाई सोमबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाँसगढी नगरपालिका–३ का उमेश खत्री, कृष्ण प्रसाद थारु, सुनिल थारु र मधुवन नगरपालिका–८ टेसन बस्तीका २३ वर्षिय अर्जुन सुनार रहेका छन् ।
बढैयाताल गाउँपालिका–२ फुटाहा भारतीय सिमाना नजिक लागु औषधको कारोबार भईरहेको सुचनाको आधारमा प्रहरीले उमेश खत्री, कृष्ण प्रसाद थारु र सुनिल थारुलाई लागु औषध ब्राउन सुगरसहित पक्राउ गरेको थियो ।
प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले टोलीले तिनै जनाको साथबाट ३ ग्राम ३ सय ९० मिलीग्राम लागु औषध ब्राउन सुगर र नगद रु १० हजार १ सय २० बरामद गरेको छ ।
त्यसैगरी ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरी टोलीले लागु औषधसहित मधुवन नगरपालिका–८ टेसन बस्तीका २३ वर्षिय अर्जुन सुनारलाई पक्राउ गरेको हो । प्रहरीले सुनारलाई मधुवन नगरपालिका–४ माचड चौक स्थितबाट पक्राउ गरेको छ । सडकमा संकास्पद रुपमा हिडिरहेका सुनारलाई प्रहरीले नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा लागु औषध ब्राउन सुगर फेला परेको हो । प्रहरीले सुनारको साथबाट २ सय ९० मिलीग्राम लागु औषध ब्राउन सुगर बरामद गरेको छ ।
प्रहरीले चारै जनालाई नियन्त्रणमा लिई लागु औषध मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरीक्षक सुर्य प्रकाश सुवेदीले जानकारी दिए ।