बिहिबार, साउन ०५, २०७९
मा प्रकाशित
1960
Shares
बर्दिया, साउन ५ / माछा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।
बढैयाताल गाउँपालिका–२ फुटाहास्थित माछापोखरीमा डुबेर दुई जनाको बुधबार मृत्यु भएको हो । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ९ वर्षीय भुवन भण्डारी र ८ वर्षीय युवराज बोहरा रहेका छन् ।
पोखरीको छेउमा खेल्ने क्रममा अचानक डुबेर अशक्त भएका उनीहरूको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।