यार्सागुम्बासहित खाँ प्रहरीको नियन्त्रणमा
बिहिबार, साउन ०५, २०७९ मा प्रकाशित

बर्दिया, साउन ५ (फरकसमाचार) / यार्सागुम्बासहित एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

गुलरिया नगरपालिका—११ गणेशपुरस्थित नेपाल–भारत सीमानामा बुधबार साँझ कमाल अहमद खाँलाई प्रहरीले यार्सागुम्बासहित नियन्त्रणमा लिएको हो । गुलरिया नगरपालिका–११ घर बताउने खाँको साथबाट सशस्त्र प्रहरीले १ किलो ४ सय ग्राम यार्सागुम्बा बरामद गरेको छ ।

शंकास्पद रुपमा हिडिरहेका खाँलाई नियन्त्रणमा लिई खानतलासी गर्दा ५ वटा पोकामा राखेको यार्सागुम्बा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । खाँले यार्सागुम्बा नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा पक्राउ परेका छन् ।

सशस्त्र प्रहरीले यार्सागुम्बासहित खाँलाई डिभिजन वन कार्यालयमा बुझाएको छ । डिभिजन वनका अनुसार बरामद यार्सागुम्बाको मुल्य रु ३९ लाख रहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय