बर्दिया, साउन ६ (फरकसमाचार) / नाबालिकालाई जबरजस्ती करणी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बाँके बैजनाथ गाउँपालिका–८ गुरुदयालपुरका ३० वर्षिय राजेश मंगता र २० वर्षिय रोहन खटिकलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । पक्राउ परेका मंगता र खटिकले बिहिबार बढैयाताल गाउँपालिका–५ स्थित दिदीको घर जाँदै गरेकी १६ वर्षिय नाबालिकालाई सडक बाटोमा जबरजस्ती करणी गरेर फरार भएका थिए ।
पिडित बालिकाले ईलाका प्रहरी कार्यालय मैनापोखरमा आफु माथि घटेको घटनाको बारेमा जानकारी गराउने बित्तिकै फरार भएका दुवैको खोजी कार्यमा प्रहरीले तिव्रता दिएको थियो । पिडित बालिकाले प्रहरीलाई दिएको हुलियाको आधारमा मंगतालाई बाँकेको बैजनाथ गाउँपालिका–८ गुरुलयालपुर घर वतनबाट र खटिकलाई बर्दिया गुलरिया नगरपालिका–१२ डल्लापुरबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले मंगता र खटिकलाई नियन्त्रणमा लिई अदालतबाट जबरजस्ती करणी कसुरमा म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी सुर्य प्रकाश सुवेदीले जानकारी दिए ।