जबरजस्ती करणीका आरोपित प्रहरीको हिरासतबाटै फरार
बुधबार, साउन ११, २०७९ मा प्रकाशित

बर्दिया, साउन ११ (फरकसमाचार) / ईलाका प्रहरी कार्यालय मोतिपुरको हिरासतबाट जबरजस्ती करणीका आरोपित बाँके खजुरा गाउँपालिका–८ का अब्दुल खाँ फरार भएका छन् । जबरजस्ती करणी आरोपमा अनुसन्धानकै क्रममा हिरासतमा रहेका खाँ सोमबार फरार हुन् ।

खाना खाएर सरसफाई गर्ने क्रममा ईप्रकासंगै जोडिएको जंगलमा दौडेर अभियुक्त खाँ पसेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी सुर्य प्रकाश सुवेदीले बताए । ‘सेन्ट्रीलाई भुक्याएर जबरजस्ती करणीका अभियुक्त फरार भएको हो’ डिएसपी सुवेदीले भने,‘फरार अभियुक्त खाँलाई खोज्न फिल्डमा व्यापक रुपमा प्रहरी खटिएको छ ।’ मंगलबार साँझसम्म फरार अभियुक्त खाँ अज्ञात रहेको डिएसपी सुवेदीले जानकारी दिए ।

‘हिरासतबाट अभियुक्त कसरी फरार भएको छानबिन भईरहेको छ’ डिएसपी सुवेदीले भने,‘डिउटीमा लापरवाही गर्ने प्रहरीलाई विभागिय कारवाही हुने छ ।’

फरार खाँलाई जबरजस्ती करणी आरोपमा प्रहरीले गत असार २३ गते पक्राउ गरी म्याद थप गरी अनुसन्धान कै क्रममा हिरासतमा राखेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर