नागरिकता विधेयक खारेजीको माग गर्दै नागरिक समाजले बुझायो ज्ञापन पत्र
बिहिबार, साउन १२, २०७९ मा प्रकाशित

बर्दिया, साउन १२ (फरकसमाचार) / नागरिकता विधेयक खारेजीको माग गर्दै नागरिक समाज संजालका अगुवाहरुले प्रजिअ मार्फत राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाएका छन् । नागरिक समाजका अगुवाहरुले बुधबार प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला मार्फत राष्ट्रिपति भवन शीतल निवासलाई ज्ञापन पत्र बुझाएका हुन् ।

प्रतिनिधि सभामा तीन चौथाई सांसदहरुको अनुपस्थितमा नागरिकता विधेयक पारित हुनु राष्ट्र र नेपाली जनता प्रति घोर विश्वासघात भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । सम्पुर्ण नागरिकले नागरिकता पाउनु पर्छ, गैरनागरिकले पाउनु हुदैन ।

विदेशबाट विवाह गरेर नेपाल आएका बेहुलीले हातहातै नागरिकता पाउनु, विदेशीसंग विवाह गरी भित्रिने बेहुलीले नागरिकता पाउन ७ वर्ष कुर्नु पर्ने, नेपालमा कुर्नु नपर्ने कत्तिको तर्कसंगत छ ज्ञापन पत्र मार्फत नागरिक समाजले प्रश्न गरेको छ ।

राष्ट्रको स्वतन्त्रता तथा सार्वभौमसत्ताको रक्षा गर्ने निर्णायक भुमिका राष्ट्रपतिको हुने भएकोले नागरिकता विधेयक खारेजीको माग गर्दै ज्ञापन पत्र बुझाईएको नागरिक समाज संजालका मणि शर्माले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर