बर्दिया समन्वय समितिमा नियम मिचेर चार कर्मचारी नियूक्ति
आइतबार, साउन १५, २०७९ मा प्रकाशित

बर्दिया, साउन १५ / जिल्ला समन्वय समिति, बर्दियामा लामो समय देखि करारमा कार्यरत कर्मचारी निकालेर नयाँ चार जना कर्मचारीलाई पदस्थापन गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख सुर्य बहादुर विष्टलाई राजनितिक प्रतिशोध साधेर पूराना कर्मचारीलाई फालेर कार्यकर्ता कर्मचारीलाई नियूक्ति दिएको आरोप छ ।

नियम मिचेर कर्मचारी निकालेको साता नबित्दै नयाँ कर्मचारीलाई नियूक्ति दिईएको खुलासा भएको छ । पूराना कर्मचारी बैकल्पिकमा राखेर गरिएको नियूक्ति भ्रामक रहेको कर्मचारी टिप्पणी गर्छन । विना कारण सूचना बिना कर्मचारीलाई हटाईएपछि पिडित कर्मचारी कानुनी उपचारको लागि अघि बढेका छन् ।

जिल्ला समन्वय समितिमा नेपाली काँग्रेस र माओबादीको गठबन्धनले नेपाली काँग्रेसले बिष्टलाई उम्मेदवार बनाएपछि जिल्ला समन्वय समितिको प्रमुखको बिष्टले जितेका थिए । नेपाली काँग्रेसका विष्टले कार्यभार सम्हालेको चार महिना नबित्दै ठाडो निर्देशनमा नियम विपरीत चार जना कर्मचारी नियूक्ति गरेपछि कर्मचारीमा निरुत्साहिता छाएको छ ।

तत्कालिन जिल्ला विकास समिति हुँदा कार्यालय सहायक नियूक्त भएका श्याम चौधरी बिना सूचना निकालिएका कर्मचारी मध्यमा पर्छन । १८ बर्ष अनवरत तल्लो दर्जामा कार्यरत कर्मचारी थारुलाई मनोमानी ढंगले निकालिनु कर्मचारीको सुरक्षा ग्यारेन्टी नहनु दुखद भएको एक कर्मचारीले बताए । ‘जबरजस्ती निकालिएका कर्मचारीको काममा कुनै खोट छैन,’एक कर्मचारीले भने, ‘आफ्ना कार्यकर्ता र आसेपासे जागिर खुवाउँने कामको अन्त हुनु पर्छ ।’ २० बर्षमा जागिरबाट अवकाश पाउँन सक्ने प्राबधान भएपनि कार्यकतालाई भर्ना गर्न १८ बर्ष देखि कर्तव्य निष्ठ भएर काम गरेका कर्मचारीलाई बिना सूचना निकालिनु दुखद भएको उनले टिप्पणी गरे ।

दरबन्दीका करार कर्मचारीको हकमा स्थाई कर्मचारीको पदस्थापन भए मात्र स्वतह करार नविकरण रद्द हुने प्राबधान छ । तर,दरबन्दीका कर्मचारीलाई मनोमानी ढंगबाट गरिएको कर्मचारी नियूक्ति बदर हुने पर्ने पिडित कर्मचारीको माग छ । १८ बर्ष एउटै पदमा काम गरेका थारुको ठाउँमा अर्जुन चौधरीलाई नियूक्ति गरिएको छ ।

जिल्ला समन्वय समितिमा लामो समय काम गरिरहेका चालक ओम प्रकाश थारुको ठाउँमा सुनिल कुमार चौधरी, कार्यालय सहयोगि सिता थारुको ठाउँमा अस्मिता चौधरी र कार्यालय सहयोगि विना थारुको ठाउँमा रोशनि खड्कालाई जबरजस्त तरिकाले नियूक्तिले कर्मचारी आक्रोषित भएका छन् । बर्तमान समन्वय समितिका प्रमुख बिष्टका समन्वय समितिमा पहुँचको भरमा गठबन्धनबाट उठाईएका बिबादित उम्मेदवार भनेर चिनिन्छन ।

बिष्टको नेपाली काँग्रेसका सह–महामन्त्री किशोर सिंह राठोरको निकटता भएकै कारणले ठाकुरबाबाबा नगरपालिका– ४ बाट वडा अध्यक्षमा निर्वाचित भएका बिष्टलाई गठबन्धनको उम्मेदवार बनाएर समन्वय समितिको प्रमुखमा उम्मेदवार बनाईएकोमा काँग्रेस भित्र तिब्र असन्तुष्टि छ । सामान्य तया पार्टीका पुराना कार्यकर्तालाई सदस्य निर्वाचित भएपछि सदस्यमा निर्वाचित जनप्रतिनिधिलाई पार्टीले समन्वय प्रमुखमा उम्मेदवार तोक्न पर्ने नियम छ । पहुचको भरमा नियम लत्याएर बनाईएका वडा अध्यक्ष बिष्टले मनोमानी गरिरहेको गुनासो छ ।

पुराना कर्मचारीको म्याद सकिएपछि खुला बिज्ञापन गरेर कर्मचारी नियूक्ति गरिएको समन्वय समितिका कार्यालय प्रमुख पदम बहादुर डागिले बताए । ‘पुराना कर्मचारी समाबेश गर्ने गरी बिज्ञापन गरिएको थियो,’कार्यालय प्रमुख डागिले भने,‘आबेदन दिएका मध्य दक्ष कर्मचारीलाई भर्ना गरेका हौ ।’ नयाँ कर्मचारीको नियूक्तिको बारेमा जानकारी लिन खोज्दा समन्वय प्रमुख बिष्टसँग सम्र्पक हुन सकेन । स्रोत नागरिकन्युज

प्रतिक्रिया

सम्बन्धित खवर