सवारी दुर्घटना न्युनिकरण गर्न छाडा चौपाया व्यवस्थित गर्दै प्रहरी
आइतबार, साउन १५, २०७९ मा प्रकाशित

बर्दिया, साउन १५ (फरकसमाचार) / छाडा पशु चौपायाले पछिल्लो समय सवारी दुर्घटना बढ्नुका साथै किसानलाई बाली बचाउन सास्ती भोग्नु परेको छ । छाडा पशु चौपाया व्यवस्थित गरी सवारी दुर्घटना न्युनिकरण गर्न र किसानले लगाएको बाली बचाउन सहज हुने उदेश्यले प्रहरीले छाडा पशुचौपाया गौशालामा जिम्मा लगाउन थालेको छ । गुलरिया बजार क्षेत्रमा छाडा छोडिएका चौपायालाई प्रहरीले शनिबार गुलरिया नगरपालिका–२ स्थित रहेको गौशालामा जिम्मा लगाएको छ ।

जिल्ला प्रहरी कार्यालयले गुलरिया नगरपालिकाको समन्वयमा छाडा चौपाया व्यवस्थित गर्ने उदेश्यले शनिबार छाडा चौपाया गौशालामा जिम्मा लगाएको हो । प्रहरीले गुलरिया बजारको मुख्य चौक र मुख्य बाटोमा बस्ने गरेका ६५ जिउँ छाडा चौपाया गौशालामा जिम्मा लगाएको छ । छाडा चौपायाले बजारका मुख्य बाटो अस्तव्यस्त रहेको थियो ।

छाडा चौपाया बाटोमा बस्दा गाडी मोटर दुर्घटनामा पर्ने जोखिम त्यत्तिकै बढेको छ । प्रहरीले छाडा चौपाया संकलन गरी गौशालामा जिम्मा लगाएको काम सह्रानिय रहेको एक स्थानीयले बताए । ‘बर्खाको समयमा मुख्य बाटोमा छाडा चौपायाले छिँछालेदर फोहोर गरेका छन्’ उनले भने, ‘बजारको मुख्य बाटो भरी छिछालेदर गोबरै गोबर हुन्छ ।’ बाटोमा हिड्न पनि गाह्रो हुने गरेको उनको भनाई छ ।

त्यस्तै गरी छाडा चौपायाले किसानलाई सास्ती भोग्नु परेको छ । आफुले मेहनत गरेर लगाएको बाली बचाउन किसान रातभरी जागाराम बस्नु पर्ने बाध्यता छ ।

छाडा पशु चौपाया ब्यवस्थित गरि सवारी दुर्घटना न्युनिकरणमा प्रहरी अग्रसर देखिएको छ । किसानले लगाएको बाली र ट्राफिक ब्यबस्थापन सहज गर्ने उदेश्यले छाडा पशु चौपाया संकलन गरी गौशालामा पठाईएको प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर शाहीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय