मधुवन नगरपालिकामा प्रशासकिय अधिकृत र लेखा प्रमुखकोे मनपर्दी
सोमबार, साउन १६, २०७९ मा प्रकाशित

बर्दिया, साउन १६ / मधुवन नगरपालिकामा प्रशासकिय अधिकृत नोखीराम ओली र लेखा प्रमुख खिमराज पोखरेलको मनपर्दी बढेको पाईएको छ । प्रशासकिय अधिकृत ओलीले अधिकांश समय बिदा बस्ने लेखा प्रमुखसँगको मिलिमतोमा बिल भुक्तानी लगायतको काम ढिला सुस्ती गरेको आरोप छ । लेखाले बिल भुक्तानीका केहि समय प्रमुख नभएको नाममा रोक लगाएर मिलिमतोमा आर्थीक चलखेल गर्ने गरेको आरोप स्रोतको दाबी छ ।

लेखा अधिकृतको आर्थीक लेखा जोखा मिलाएको खबर प्राप्त गरेपछि चेक काटेर पुनः कार्यालयमा हाजिर नहुने गरेको एक कर्मचारीले बताए । ‘बिभिन्न बाहानामा बिदा बस्ने र कुरो मिलेपछि चेक काट्ने चलन छ,’नाम नखोल्ने शर्तमा एक कर्मचारीले भने ।
प्रशासकिय अधिकृत ओलीले सरकारी साधन मनलाग्दी प्रयोग गर्दा ईन्धन खर्च व्ययभार थपिएको स्रोतको दाबी छ ।

‘प्रशासकिय अधिकृत र लेखा अधिकृत एउटै जिल्ला दाङका हुन’स्रोतले भन्यो,‘महिनामा पटक पटक सरकारी साधन प्रयोग गरेर घर पुग्ने गरेका छन्,ईन्धन कति खर्च भएको छ रेर्कडले पुष्टि गर्ला ? ।’ सरकारले ईन्धन कम गर्नका लागि सवारी साधन दुरुपयोग रोक्न रणनिति योजना बनाईरहेका बेला मधुवन नगरपालिकामा व्यापक खर्च गरेको र नेता कार्यकर्तालाई ईन्धन दिएको जनप्रतिनिधिलाई समेत आरोप लागेको छ ।

मधुवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओलीले प्रहरी र प्रशासन लगायत अन्यले इन्धन माग्दा इन्धन बढी खपत भएको जानकारी दिए । मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाट कार्यालयको गाडी प्रयोग गर्दैनन् । नगर प्रमुखले सस्तो लोकप्रियताको लागि गाडी नचेढेपनि इन्धन बढी खपत रोक्न उदासिन भएको बताउँछन् ।

नगर प्रमुख भाटले कार्यालयको गाडी प्रयोग नगर्दा इन्धन बढी खपत भएको उल्लेख गर्दै इन्धन दुरुपयोग लगायत सेवाग्राहीको काम नरोक्न कार्यालय प्रमुखलाई सचेत गराउँन सम्बन्धित निकायसँग माग गरेका छन् । ‘इन्धनको कुप्पन मैले काट्दैन’ प्रमुख प्रशासकीय अधिकृत ओलीले भने,‘क–कसले इन्धन लगेको हामीसंग रेकर्ड सुरक्षित छ ।’

इन्धनको माग अनुसार सहायक लेखापालले कुप्पन दिने गरेको अधिकृत ओलीको भनाई छ । ‘गत माघ देखि मधुवन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको छु’ प्रमुख प्रशासकीय अधिकृत ओलीले भने, ‘मैले जिम्मेवारी सम्हाले देखि इन्धनको खपत कन्ट्रोल गरेकोे छु ।’

प्रमुख प्रशासकिय अधिकृत ओली र लेखा प्रमुख पोखरेलको ढिला सुस्तीले मधुवन नगरपालिकाका निर्वाचित जनप्रतिनिधिले तलव भत्ता नपाएको गुनासो छ । तर, जनप्रतिनिधिहरुको समयमा बैंक खाताको विवरण नआउँदा रोकिएको प्रशासकीय अधिकृत ओलीले बताए । सबै जनाको बंैक खाताको विवरण आएपछि एकमुष्ठ रकम जाने गरेको उनको भनाई छ ।

नगरपालिका मार्फत उपभोक्ता समितिले गरेको कामको भुक्तानी मधुवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओली र लेखा अधिकृत पोखरेलले नदिएको अर्को आरोप छ । असार मसान्तमा स्वास्थ्य, शिक्षा र अन्य बिषयक तालिमको नाममा मनलाग्दी भत्ता बापतको भुक्तानी लिएको स्रोतले खुलासा गरेको छ । कागजमा तालिम र गोष्ठि सम्पन्न गरी मिलिमतोमा लाखौ रुपैया भुक्तानी लिएको खुलेको हो । तर, उपभोक्ता समितिले गरेको कामको बिल भरपाई बुझाउँदा पनि प्रमुख प्रशासकीय अधिकृत ओली र लेखा अधिकृत पोखरेलले विभिन्न बहानामा भुक्तानी नदिएको आरोप छ ।

उपभोक्ता समितिले सम्झौतामा तोकिएको समयमा काम नसकेर ढिलो बिल पेश गर्दा भुक्तानी नभएको प्रमुख प्रशासकीय अधिकृत ओलीको भनाई छ । असार २० गते सम्म आर्थिक कारोबारको सम्पुर्ण बिल बुझाउन हामीले सुचना प्रकाशित गरेका थियौं । उपभोक्ता समितिले ढिलो गरी असार २४, २५ गते बिल भरपाई बुझाउँदा बढी लोड भएर छुटेको प्रमुख प्रशासकीय अधिकृत ओलीले स्वीकारे । उता बार्गेनिङ गर्दा उपभोक्ताले आनाकानी गरेर कुरो नमिलेका कारण अधिकृत र लेखाको मिलिमतोमा भुक्तानी रोकिएको पिडित सेवाग्राही बताउँछन् । स्रोत नागरिकन्युज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय