बर्दियामा सक्रिय संक्रमितको संख्या ६२ पुग्यो
मङ्गलबार, साउन १७, २०७९ मा प्रकाशित

बर्दिया, साउन १७ (फरकसमाचार) / जिल्लामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ६२ पुगेको छ । सोमबार एकैदिन थप २७ जनामा कोरोना संक्रमण पुष्टि हुँदा सक्रिय संक्रमितको संख्या ६२ पुगेको हो ।

१४ महिला र १३ पुरुषमा सोमबार कारोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । सबै सक्रिय संक्रमित होम आईसोलेशनमा छन् । सबै भन्दा बढी बारबर्दिया नगरपालिकामा सक्रिय संक्रमित रहेका छन् । बारबर्दिया नगरपालिकामा ४३ जनामा भाइरस सक्रिय रहेको स्वास्थ्य कार्यालयको रेकर्डले देखाएको छ ।

त्यसैगरी आइतबार १७ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो सयममा स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार दिनप्रति दिन संक्रमण दर बढ्दै गएको पाईएको छ । कोरोना संक्रमण बढ्न नदिन स्वास्थ्य मापदण्डको पालना गर्न स्वास्थ्यकर्मीले आग्रह गरिरहेका छन् ।

हालसम्म स्वास्थ्य कार्यालयले ४ लाख ११ हजार १ सय ८५ जनालाई पहिलो खोप, ३ लाख २५ हजार ९ सय ५० जनालाई दोस्रो र १ लाख ७९ हजार ९ सय ८८ जनालाई कोरोना विरुद्धको तेस्रो खोप लगाएको स्वास्थ्य कार्यालयमा रेकर्ड छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय