भन्सार छली ल्याएको सामान बरामद
बुधबार, साउन १८, २०७९ मा प्रकाशित

बर्दिया, साउन १८(फरकसमाचार) / भारतबाट भन्सार छली ल्याएको सामान प्रहरीले बरामद गरेको छ । मधुवन नगरपालिका–५ गाउँ नम्बर १० स्थितबाट प्रहरीले अबैध सामान मंगलबार बरामद गरेको हो ।

भारतबाट ल्याउदै गरेको अवस्थामा १ क्विन्टल चिनी, प्लाष्टिक खेलौना र कस्मेटिक सामान बरामद भएको ईलाका प्रहरी कार्यालय ढोढरीले प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।

बरामद चिनी र प्लाष्टिकका सामानको मुल्य रु २२ हजार दश बराबर रहेको विज्ञप्तीमा उल्लेख छ । बरामद सामान कारवाहीको लागि राजापुर भन्सार कार्यालय गुलरियामा बुझाएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय