बहु बिबाह मुद्दाका फरार कसुरदार पक्राउ
बुधबार, साउन १८, २०७९ मा प्रकाशित

बर्दिया, साउन १८ (फरकसमाचार) / बहुविवाह मुद्दाका फरार कसुरदारलाई प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–५ का संजय कुमार थारुलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

०७८ साल माघ १० गते अदालतले बहुविवाह मुद्दामा थारुलाई १० महिना २० दिन कैद र रु १० हजार जरिवाना तोकेको थियो । अदालतले कैद सजाय र जरिवाना तोके देखि थारु फरार रहेका थिए ।

लुकिछिपी बसेको अवस्थामा प्रहरीले थारुलाई पक्राउ गरी सजाय भुक्तान गराउन अदालतमा उपस्थित गराई कारागार पठाएको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय