लागु औषधका दुई कारोबारी पक्राउ
बुधबार, साउन १८, २०७९ मा प्रकाशित

बर्दिया, साउन १८ (फरकसमाचार) / लागु औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका–१२ स्थित मनैया सामुदायिक वनबाट दुई जनालाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गुलरिया नगरपालिका–१२ का राकेश श्रीवास्तब र नुरुदिन गद्दी रहेका छन् । लागु औषधको कारोबार भईरहेको विषेश सुचनाको आधारमा प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले दुवैलाई नियन्त्रणमा लिई खानतलासी गर्दा ४ सय ९० मिलिग्राम लागु औषध ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरुकोसाथबाट प्रहरीले मोटरसाईकल १ थान र साईकल १ थान बरामद गरेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पक्राउ पर्ने दुवै जना लागु औषधका कारोबारी रहेको खुलेको छ ।

प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई अदालतबाट लागु औषध मुद्दामा म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका प्रहरी नायव उपरीक्षक तथा सुचना अधिकारी सुर्य प्रकाश सुवेदीले जानकारी दिए ।

पछिल्लो समय प्रहरीले दिनहुँ लागु औषधका कारोबारी तथा सेवनकर्तालाई पक्राउ गरेको छ । पाँच दिनको अवधिमा ७ जनालाई लागु औषधसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय