एक सातामा लागु औषधसहित आठ जना पक्राउ
सोमबार, साउन २३, २०७९ मा प्रकाशित

बर्दिया, साउन २३ (फरकसमाचार) / एक साता नबित्दै प्रहरीले आठ जना लागु औषधका सेवनकर्ता तथा कारोबारीलाई पक्राउ गर्न सफल भएको छ । जसमा २ जना गुलरिया नगरपालिकाका र ६ जना मधुवन नगरपालिका रहेका छन् । पक्राउ परेका लागु औषधका सेवनकर्ता तथा कारोबारी रहेको खुलेको छ ।

पछिल्लो पटक प्रहरीले लागु औषध ब्राउन सुगरसहित शुक्रबार एक जनालाई नियन्त्रणमा लिएको छ । मधुबन नगरपालिका –७ भगरैयाका ३६ वर्षिय पप्पु खाम्चा मगरलाई लागु औषधसहित प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले एक हप्ताको अन्तरालमा ८ जना लागु औषधका सेवनकर्ता तथा कारोबारीलाई नियन्त्रणमा लिएको छ ।

लागु औषधका बिक्रीबितरण, ओसारपसार र सेवनसमेत गर्ने गरेको गोप्य सुचनाको आधारमा खाम्चा मगरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरीले खाम्चा मगरलाई नियन्त्रणमा लिई उनको घरमा खानतलासी गर्दा सुत्ने बिस्तारा मुनि लुकाई छिपाई राखेको अवस्थामा लागु औषधको पुडिया फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मगरको बिस्तारा मुनिबाट ८ सय ६० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । मगरलाई प्रहरीले नियन्त्रणमा लिई अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुर्य प्रकाश सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय