हिरासतबाट फरार जबरजस्ती करणीका आरोपि १५ दिनपछि पक्राउ
सोमबार, साउन २३, २०७९ मा प्रकाशित

बर्दिया, साउन २३ (फरकसमाचार) / ईलाका प्रहरी कार्यालय मोतिपुरको हिरासतबाट फरार जबरजस्ती करणीका आरोपिलाई प्रहरीले पुनः पक्राउ गरेको छ ।

बढैयाताल गाउँपालिका–२ स्थित नेपाल भारत सीमा नजिकबाट सोमबार प्रहरीले पुनः पक्राउ गरेको हो । बाँके खजुरा गाउँपालिका–८ का २६ वर्षिय अब्दुल खाँ गत साउन ९ गते ईलाका प्रहरी कार्यालय मोतिपुरको हिरासतबाट फरार भएका थिए ।

खाँलाई जबरजस्ती करणी आरोपमा प्रहरीले गत असार २३ गते पक्राउ गरी म्याद थप गरी अनुसन्धान कै क्रममा हिरासतमा राखेको थियो । साउन ९ गते खाना खाएर सरसफाई गर्ने क्रममा सेन्ट्रीलाई झुक्याई खाँ फरार भएका थिए । हिरासतबाट खाँ फरार भएपछि खोजी गर्न व्यापक रुपमा प्रहरी फिल्डमा परिचालन भएको थियो । १५ दिनमा प्रहरीले खाँलाई पक्राउ गर्न सफल भएको छ ।

प्रहरीको यो ठुलो सफलता हो । जिल्ला प्रहरी कार्यालय गुलरियाका प्रहरी निरीक्षक हृदेश कुमार सापकोटाको नेतृत्वमा खटिएको प्रहरी टोलीले खाँलाई पुनः नियन्त्रणमा लिएको हो । खाँलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुर्य प्रकाश सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय