बर्दिया, साउन २४ (फरकसमाचार) / बाँके यूनेस्को क्लब र प्लान ईन्टरनेशनल नेपालको संयूक्त आयोजनामा महिलाको सहभागितामा गुलरियामा तालिम संचालन भएको छ । दुई दिने तालिममा महिलालाई दक्ष जनशक्तिको रुपमा प्रस्तुत गर्ने उदेश्यले तालिम संचालन गरिएको हो ।
गुलरिया नगरपालिका समन्वयमा बिपन्न, संकटापन्न अवस्थामा रहेका ३४ जना महिलालाई उद्यमशिलता मार्फत आर्थीक सशक्तिकरण तथा उद्यम मार्फत रोजगारी प्रर्बद्धन गर्न तालिममा सहभागि महिलालाई सहयोगी बन्ने आयोजकले बिश्वास लिएको छ । पर्ल परियोजना मार्फत दिएको तालिमले महिला सशक्तिकरणका लागि उपयोगी रहेको सहभागी महिलाले प्रतिक्रिया दिएका छन् । गरिबिका कारण चुलो र चौकोमा व्यस्त महिलाले जिवन उपयोगि हुने सहभागी महिलाले बिश्वास लिएका छन् ।
पर्ल परियोजनाले गुलरिया र ठाकुरबाबा नगरपालिकाका १ सय २० जनालाई तालिममा सहभागि गराउँने लक्ष्य लिएको छ । सोमबार ३४ जना महिला सहभागितामा गुलरियामा तालिम संचालन भएको छ ।
प्लान ईन्टरनेशनल नेपालकि गोमा वलि चौधरीले वाल बालिकालाई सुरक्षित र प्रभावकारी विकास गर्नका लागि आवश्यक बिषयमा प्रबेश गर्दै तालिममा सहभागि महिलालाई कसरी बालबालिका सुरक्षित र विकास गर्ने सकिन्छ भन्ने बारेमा तालिम मार्फत जानकारी दिईन ।
बाँके युनेस्को क्लब, प्लान ईन्टरनेशनल नेपाल र नगरपालिकासँगको समन्वयमा वडा वडाबाट छनोट भएका महिलाको सहभागितामा तालिम सुरु भएको परियोजनाका कार्यक्रम संयोजक गोबिन्द लामिछाने बताए । ‘तालिममा गुलरिया र ठाकुरबाबाका १ सय २० जना महिला सहभागि हुन्छन’उनले भने,‘तालिममा सहभागि महिलाले उद्यमशिलता मार्फत रोजगारी तर्फ उन्मुख हुने बिश्वास लिएका छौ ।’ पर्ल परियोजना अन्र्तगत संचालित तालिमको सहजकर्ता विर बहादुर हमालले सहजिकरणको भुमिका निभाएका थिए ।