बर्दियामा थप ४१ जनामा संक्रमण पुष्टि
बिहिबार, साउन २६, २०७९ मा प्रकाशित

बर्दिया, साउन २६ (फरकसमाचार) / जिल्लामा थप ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २४ महिला १७ पुरुषमा बिहीबार संक्रमण पुष्टि भएको हो ।

बिहीबार थप ४१ जनामा संक्रमण पुष्टि भएसंगै सक्रिय संक्रमितको संख्या १ सय ८५ पुगेको छ । १ सय १० महिला र ७५ पुरुषमा भाइरस सक्रिय रहेको स्वास्थ्य कायालयले जनाएको छ । सबै सक्रिय संक्रमित होम आईसोलेशनमा छन् ।

आठ वटै पालिका मध्ये सबै भन्दा बढी बारबर्दिया नगरपालिकामा सक्रिय संक्रमित रहेका छन् । बारबर्दिया नगरपालिकामा ८८ जनामा भाइरस सक्रिय रहेको छ । बढैयाताल गाउँपालिकामा ४३, ठाकुरबाबा नगरपालिकामा २१, बाँसगढी नगरपालिकामा ७, गुलरिया नगरपालिकामा ११, मधुवन नगरपालिकामा ३ र राजापुर नगरपालिकामा ८ जनामा भाइरस सक्रिय रहेको छ । त्यसैगरी गेरुवा गाउँपालिकामा ४ जनामा भाइरस सक्रिय रहेको स्वास्थ्य कार्यालयको रेकर्डले पुष्टि गरेको छ ।

हालसम्म स्वास्थ्य कार्यालयले ४ लाख ११ हजार २ सय ५ जनालाई पहिलो खोप, ३ लाख २५ हजार ९ सय ५० जनालाई दोस्रो र १ लाख ८० हजार २ सय ४२ जनालाई कोरोना विरुद्धको तेस्रो खोप लगाएको स्वास्थ्य कार्यालयमा रेकर्ड छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय