परियोजनाले जिवन उपयोगी तालिम दिँदै
मङ्गलबार, साउन ३१, २०७९ मा प्रकाशित

बर्दिया, साउन ३१(फरकसमाचार) / उद्यमी सिर्जना र रोजगारी प्रर्वद्धनका लागि दुई दिने जिवन उपयोगी तालिमको सुरुवात भएको छ ।

ठाकुरबाबा नगरपालिकाका २५ जना महिलालाई व्यवसायीक बनाउने उदेश्यले जीवन उपयोगी तालिम सुरु गरिएको हो । सोमबार र मंगलबार तालिम संचालन हुनेछ । विपन्न संकटान्मोख तथा जोखिममा परेका १८ देखि २४ वर्ष समुहका यूवा महिलाहरुको आर्थिक शसक्तिकरणहरु, दिगो जिविकोपार्नन, उद्यमी सृजना तथा रोजगारी प्रर्वद्धनका लागि दुई दिने जीवन उपयोगी सीप तालिम ठाकुरबाबा नगरपालिका वडा नं १, २,६,७, ८ र ९ मा तालिम सोमबार देखि संचालन भएको छ ।

महिलाहरुलाई विभिन्न व्यवसायिक तथा प्रावाधिक सीप तालिम मार्फत नँया उद्यमी सृजना गरी आयआर्जनमा अभिबृद्धि गर्ने र रोजगारी प्राप्तीका लागि क्षमतावान बनाई आर्थिक तथा समाजिक परिर्वतन ल्याई महिलाहरुलाई आत्म निर्भर तथा स्वोरोजगार सृजना गर्ने लक्ष्यले बर्दियाका दुई वटा पालिका गुलरिया र ठाकुरबाबा नगरपालिकामा बाँके युनेस्को क्लव र प्लान ईन्टरनेशनल नेपालको साझेदारीमा पर्ल परियोजना संचालन भैरहेको छ ।

परियोजना तथा तालिमको लक्ष्य उदेश्य र कार्य प्रणालीको बिस्तृत विवरण परियोजना संयोजक गोबिन्द प्रसाद लामिछानेले स्पष्ट पारेका थिए । वालबालिका तथा युवा महिलाको सुरक्षा र पैभावकारी विकासको लागि ध्यान दिनु पर्ने कुराहरुमा प्लान ईन्टरनेशनल नेपालका कार्यक्रम संयोजक गोमा वली चौधरीले प्रष्ट गरेकी थिईन् । दुई दिने तालिमको सहजिकरण बिर बहादुर हमालले गरेका छन् । यस कार्यक्रम मार्फत दुवै पालिकाका १ सय २० जना महिलालाई समेटिने र बिभिन्न तालिमहरु प्रदान गर्दै जाने परियोजना संयोजक लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय